Posts

Showing posts from February, 2020

मुगलानमा निभेको त्यो दियो र अधुुुरो त्यो सपना !

Image
मैन सधैं आफु जल्छ,बलेर दियो छर्छ उज्यालो दिप अनी बिस्तारै ढल्छ। न कुनै अपेक्षा राखेको हुन्छ न त कुनै गुनासो नै छ जल्नुमा। रापमा जल्छ, हावाहुरी बतासमा नि जलिरहन्छ, एकोहोरो प्रकाश छरिरहन्छ जबसम्म निभ्दैन त्यो दियो। अध्यारोमा झन दिप उज्वल भएर बल्छ अन्तीम क्षणसम्म तपिरहन्छ। आज सायद त्यही दियो निभेर होला पुरै बस्ती अध्यारो छ। गाउ शुन्य छ। हो, आज त्यही भएर होला गाउ-बस्ती नै सुनसान छ। शम्भु राई "बाछाना" किनकी उनी त्यो बस्ति र झुपडिको लाल्टिन नै थियो, सुर्योदयका नौला किरण देखाउने झ्याल थियो। त्यो बस्ती र गाउ सँगको नाता गहिरो थियो। एउटा आमाको काख रितियो,एक श्रीमतीको सिउदो उजाडियो, एक सन्तानले अभिभावक गुमायो, एक साथीले असल मित्र गुमायो। त्यही भएर आज गाउ-बस्तिमा पहिरो गयो। शोकमा डुब्यो, पुरै गाउ नै आशुमा डुब्यो। सपना ठुलो थिएन सायद। यसैपनी गाउमा हुर्केका सामान्य परिवारिक घरनामा जन्मेकालाई इज्जतले कमाएको गास,बास र कपासमा नै आत्मा सन्तुष्टी मिल्छ। गाउका झुपडिहरु साना हुन्छन् तर मन भने धेरै फराकिला। आफ्नो इमान र इज्जत बचाईराख्न जिबनको आहुती नै किन दिन नपरोस तर इज्जत सँग सौदाबज