समुद्र पारिको वस्तिमा हराएको सांकेन र उनका सपना...
[•] बार्ह बजेको टनटलापुर घामको राप थियो, चाउरि परेको मलिन अनुहारमा, हाँस्न खोज्दा लुकाउन नसकेका दुख र पीडा भाव झल्किन्थ्यो, उनका मुस्कानमा। सांकेनको आधा कपाल फुलिसके, बाध्यताले प्रदेश प्यारो हुँदा लगभग घरदेशका धेरै कुरा भुलिसके, आज भोक के हो, प्यास नै भुलिसके, रोबर्टको जिन्दगि जिउदा सबैथोक भुलिसके। ठिङ्ग उभिएर आफ्नै छाया हेरेर सोच्छन् – मेरो उमेर पनि ढल्दै गयो, शरिर पनि गल्दै गयो, तर सपना अधुरै रह्यो। आधा जन्मदिन घरदेशमा, वाकि प्रदेशमा मनाइयो खै के पाइयो! दुरदराजबाट आवाज सुनेर सामिप्यमा बसें, स्नाप चाट, स्काइप, फेसबुक, भाइवर आदिको लतमा फसें, एउटा जन्जिरले बाधिएको म, तस्बिर हेरि आफ्नासंग भिडियोकलमा गुन्जायस गरि जिएको म, एउटा सपना बोकेर प्रदेश हिडेको म, अब कहिले पूरा नहुने भो, हाल घरदेश फर्किने सपना मात्र बोकेर आफ्ना अन्तिम दिन कुरिरहेको म। दैव पनि हुदो रहेछ पक्षपाति, सधैं सत्कर्मको पछि लागे आफैलाई नढाटी! किन आफैलाई मात्र बज्रपात भइदिन्छ, आफ्नो दुख पहाड भइदिदा लाग्दो रहेछ सार्है नजाती! बन्द जेलको कालो कोठरीमा ननिभेको आशाको सानो दियो बालेर बसेको छु,कतै निष्ठुरी हावाको...