समुद्र पारिको वस्तिमा हराएको सांकेन र उनका सपना...

[•]

बार्ह बजेको टनटलापुर घामको राप थियो, चाउरि परेको मलिन अनुहारमा, हाँस्न खोज्दा लुकाउन नसकेका दुख र पीडा भाव झल्किन्थ्यो, उनका मुस्कानमा। सांकेनको आधा कपाल फुलिसके, बाध्यताले प्रदेश प्यारो हुँदा लगभग घरदेशका धेरै कुरा भुलिसके, आज भोक के हो, प्यास नै भुलिसके, रोबर्टको जिन्दगि जिउदा सबैथोक भुलिसके। 

ठिङ्ग उभिएर आफ्नै छाया हेरेर सोच्छन् – मेरो उमेर पनि ढल्दै गयो, शरिर पनि गल्दै गयो, तर सपना अधुरै रह्यो। आधा जन्मदिन घरदेशमा, वाकि प्रदेशमा मनाइयो खै के पाइयो! दुरदराजबाट आवाज सुनेर सामिप्यमा बसें, स्नाप चाट, स्काइप, फेसबुक, भाइवर आदिको लतमा फसें, एउटा जन्जिरले बाधिएको म, तस्बिर हेरि आफ्नासंग भिडियोकलमा गुन्जायस गरि जिएको म, एउटा सपना बोकेर प्रदेश हिडेको म, अब कहिले पूरा नहुने भो, हाल घरदेश फर्किने सपना मात्र बोकेर आफ्ना अन्तिम दिन कुरिरहेको म।

दैव पनि हुदो रहेछ पक्षपाति, सधैं सत्कर्मको पछि लागे आफैलाई नढाटी! किन आफैलाई मात्र बज्रपात भइदिन्छ, आफ्नो दुख पहाड भइदिदा लाग्दो रहेछ सार्है नजाती! बन्द जेलको कालो कोठरीमा ननिभेको आशाको सानो दियो बालेर बसेको छु,कतै निष्ठुरी हावाको बेगले एकै झोकामा निभाइदिने पो हुन् की, माङखिम् पारुहाङ/सुम्निमा संग "मित्खाला" गर्दै उज्यालो सबेर आउने आशा पालेर बसेको छु। दशक पनि शताब्दि जस्तो भयो, बुढा बा-आमाको के हाल भयो, धेरै भयो बुझ्न पाको है'न, छुट्टि ग"का पल्लाघरे अन्तरेले खवर अझै ल्याको छैन। प्यारी पनि एक्लै होलिन् बनपाखामा, न्याउली संगै रुदि होलिन् कुहुकुहु आफ्नै भाकामा।

सम्झनाले छाति पोल्छ, गाँउघरको यादहरुले मुटु पिरोल्छ, बलिन आशुको धारा धेरै बगिसक्यो, सायदै फर्किन्छु होला आशा अब मरिसक्यो।

 त्यसैले कोर्दैछु पत्र यो तिम्रो नाममा...
जिन्दगि एक यात्रा हो, जहाँ हामि एक अर्काको सहयात्री बनेर साथ दियौं। अमर प्रेम हो, जिन्दगी होइन ताकी युगान्तकारी जिऔं। यात्रा गर्दै जाँदा कहांसम्म पुगिने हो, त्यो गन्तव्य हाम्रो होइन रहेछ, त्यो त केवल निर्धारित हुदो रहेछ। कहिले सरल मोडमा त कहिले घुम्ति मोडमा, तर एकैनशको नहुने, जिन्दगिको यक्ष प्रश्न आ-आफ्नो उत्तर दिनु पर्दो रहेछ, मलाई जिन्दगिले सोधेको सवालमा जवाफविहिन भएँ, त्यहि भएर म आज अनुतिर्ण भएँ। खैर केही छैन, मैले तिमिसंग बिताएको पलहरु संगालेर आफुसंगै राखेको छु। यदि समयले मेरो पक्षमा फैसला गरे फर्केर आउनेछु आफ्नो जन्मभुमि, स्वर्गजस्तै मातृभूमि। बाकि माङखिम भरोसा ॥ अहिलेलाई बिदा॥

(सपनाको त्यान्द्रो बोकेर प्रदेश लागेका सांकेन- मृत्युदण्डको सजाय सुनाइएका, आफ्ना अन्तिम दिनलाई कुरेर बसेका छन्। यो नेपाली कथानक आलेखमा कल्पना गरिएको घट्ना कसैको जिवनमा मेल खाएमा संयोग मात्र हुनेछ)
[बाकि..अर्को भेेेेटमा।  ]

लेखक- शम्भु बाछाना राई 

Comments

Popular posts from this blog

Every probability hardly seems possible at commencement, but nothing is mpossible at all

Failure at your first attempt might just be a bad time- keep your patience and aspiration alive until your clock clicks in

"झोला" - शम्भु "बाछाना" राई