"झोला" - शम्भु "बाछाना" राई


आज फेरी जहाजमा

एक हुल मान्छेहरु

कफन बाकस जत्रो

सपनाको त्यान्द्रो लिएर

झोलाभित्र राखेको कात्रो जस्तो 

सेतो रुमालले

गहभरीका आशु पुछ्दै 

बिदाईका हातहरु हल्लाउँदै उडे। 

अर्को हुल नारायणी किनार,

भृकुटी मण्डव हुँदै

शहरका ठुला पार्टी प्यालेसहरुमा 

ब्यस्त थिए।

यी दुई हुलको बिचको समानता 

त्यही एउटा झोला_र_झण्डा थियो,

फरक यत्ति कि!

जहाजमा चढेका हुलको झोलामा

समाजबाद, जनबाद, साम्यबाद 

आदी बादका खोक्रा

नाराहरु थिएनन्

फगत स्वाभीमानले 

भरिएको राष्ट्रको झण्डा,

एक मुठ्ठी देशको माटो

र, आमाको एक तास फोटो

थियो....!


शम्भु "बाछाना" राई

(हतुवागढी-९, भोजपुर, हाल: मध्य पुर्व)

Comments

Post a Comment

Popular posts from this blog

भाकेको छु तिम्रो कसम..... 9 September 2013 at 01:48

Failure at your first attempt might just be a bad time- keep your patience and aspiration alive until your clock clicks in

Poem- "Mind is Without Fear When You're Heartless..."