भाकेको छु तिम्रो कसम..... 9 September 2013 at 01:48

~~~~~~~गीत~~~~~~~~

भाकेको छु देऊरालीमा तिम्रो कसम
टुटा तारा देखेपछि
डाकेको छु जुनेलीमा तिम्रो कसम
तिम्लाई सारा देखेपछि

धेरै भीड छामी हेरेँ
हजारौँमा रोज्न पुगेँ
धेरै छिँड थामी हेरेँ
सम्बन्ध म जोड्न पुगेँ

साँचेको छु जीन्दगीमा तिम्रो कसम
सपनाहरु तिम्रै साथ सहारा देखेपछि
डाकेको छु जुनेलीमा तिम्रो कसम
तिम्लाई सारा देखेपछि

अमर प्रीत गाँसी देउन
प्रेमको निशा छर्दै छर्दै
मनको मीत गाँसी देउन
चारै दिशा तर्दै तर्दै

पालेको छु एकलोपनमा तिम्रो कसम
रहरहरु तिमीसंगै पार गर्ने देखेपछि
डाकेको छु जुनेलीमा तिम्रो कसम
तिम्लाई सारा देखेपछि

भाकेको छु देऊरालीमा तिम्रो कसम
टुटा तारा देखेपछि
डाकेको छु जुनेलीमा तिम्रो कसम
तिम्लाई सारा देखेपछि

-शंम्भु राई 

Comments

Popular posts from this blog

Failure at your first attempt might just be a bad time- keep your patience and aspiration alive until your clock clicks in

Poem- "Mind is Without Fear When You're Heartless..."