Posts

Showing posts from March, 2020

गजल- "सरगमका प्रेमिल तालहरु"

Image
बगे सपना संगै क्षितिज पारिका ति छालहरु| भए विलिन मोति टिप्न निस्केका ति चालहरु| आधारशिला कम्जोर हुँदा अध्यारो रातमा , उदाए नयाँ नौला किरण कसरी! नसोध मेरा ति हालहरु| छट्पटीमा गुम्सिएका भावनाहरु कतै छन् कि भनि, खोली हेरें मनभित्रका अदृश्य ति झ्यालहरु| ननिभ्ने दियो झैं जलेर बल्दै हावा हुरी बतासमा सधैं, कत्ति सम्हालिएं मिलाउदै ति सरगमका प्रेमिल तालहरु| -शम्भु बाछाना राई १६ मार्च २०२०