गजल- "सरगमका प्रेमिल तालहरु"
![]() |
बगे सपना संगै क्षितिज पारिका ति छालहरु|
भए विलिन मोति टिप्न निस्केका ति चालहरु|
आधारशिला कम्जोर हुँदा अध्यारो रातमा ,
उदाए नयाँ नौला किरण कसरी! नसोध मेरा ति हालहरु|
छट्पटीमा गुम्सिएका भावनाहरु कतै छन् कि भनि,
खोली हेरें मनभित्रका अदृश्य ति झ्यालहरु|
ननिभ्ने दियो झैं जलेर बल्दै हावा हुरी बतासमा सधैं,-शम्भु बाछाना राई
कत्ति सम्हालिएं मिलाउदै ति सरगमका प्रेमिल तालहरु|
१६ मार्च २०२०
Comments
Post a Comment