Posts

Showing posts from May, 2020

"साकेला गित"..... ""हतुवागढि साकेला थान """ ------शम्भुु राई "बाछाना"

Image
हतुवागढी साकेला थान, पुर्खालाई सम्झेर (पुर्खालाई सम्झेर!) "साकेला सिली नाचौन सिम्मा" माङ्गखिमलाई पुजेर (लै,,,,लै माङ्गखिमलाई पुजेर!) बैशाख लाग्यो, उभौली आयो, लेकवेशी गरेर (लेकवेशी गरेर!) सिम्मालाई सम्झि परदेशी आयो, समुद्र तरेर (लै,,,लेै समुन्द्र तरेर!) सप्त...है...कोशी हतुवामुनी, सलल बगेर (सलल बगेर)! उधौली मान्न जाऊ है सिम्मा , हतुवा-हसनपुर (लै,,,लै,,,,हतुवा-हसनपुर!) मुस्ताङ्ग चण्डि, हैखाराङ्ग पारि, साकेला नाचेर (साकेला नाचेर!) पारुहाङ्ग-सुम्नि सेवाने गरि, बाँचौला हासेर (लै....लै...बाँचौला हासेर!) हतुवागढी साकेला थान, पुर्खालाई सम्झेर (पुर्खालाई सम्झेर!) "साकेला सिली नाचौन सिम्मा" माङ्गखिमलाई पुजेर (लै,,,,लै माङ्गखिमलाई पुजेर!) ================================== २०२० मे-३१, अलऐन युएई

देशभक्ति गित " हामी हौं नेपाली" ----------- शम्भु राई "बाछाना"

Image
गौरव गाथा कोर्ने वीर ,स्वाभीमानी नेपाली सगरमाथा हाम्रो शीर ,  हामी हौं नेपाली.... बगाउँला तातो रगत जत्ति जे छ न'शामा चढाउँला बली जीवन जत्ति जे छ सासमा थापौंला छाति मेरो, हिड्छु पुर्खाको बाटोमा जत्ति जे छ मेरो, मिल्नु छ आखिर यहि माटोमा चोट लागे मेचीलाई, दुख्छ महाकाली   गौरव गाथा कोर्ने वीर ,स्वाभीमानी नेपाली सगरमाथा हाम्रो  शीर , हामी हौं नेपाली... गोर्खाली हुुुुँ,इतिहास छ कालापानीको गाउने गर्छु तिनै गाथा वीरहरुको, लिपुलेक हाम्रो नेपाल, शान नेपालीको बैरी आखा नलगाउ, मान गोरखालीको चोट लागे कोशीलाई, दुख्छ कर्णाली     गौरव गाथा कोर्ने वीर ,स्वाभीमानी नेपाली सगरमाथा हाम्रो शीर, हामी हौं नेपाली... गौरव गाथा कोर्ने वीर ,स्वाभीमानी नेपाली सगरमाथा हाम्रो शीर ,  हामी हौं नेपाली... शम्भु "बाछाना" राई २८ मे २०२०