देशभक्ति गित " हामी हौं नेपाली" ----------- शम्भु राई "बाछाना"


गौरव गाथा कोर्ने वीर ,स्वाभीमानी नेपाली
सगरमाथा हाम्रो शीर ,  हामी हौं नेपाली....

बगाउँला तातो रगत जत्ति जे छ न'शामा
चढाउँला बली जीवन जत्ति जे छ सासमा
थापौंला छाति मेरो, हिड्छु पुर्खाको बाटोमा
जत्ति जे छ मेरो, मिल्नु छ आखिर यहि माटोमा

चोट लागे मेचीलाई, दुख्छ महाकाली 
गौरव गाथा कोर्ने वीर ,स्वाभीमानी नेपाली
सगरमाथा हाम्रो  शीर , हामी हौं नेपाली...

गोर्खाली हुुुुँ,इतिहास छ कालापानीको
गाउने गर्छु तिनै गाथा वीरहरुको,
लिपुलेक हाम्रो नेपाल, शान नेपालीको
बैरी आखा नलगाउ, मान गोरखालीको

चोट लागे कोशीलाई, दुख्छ कर्णाली  
गौरव गाथा कोर्ने वीर ,स्वाभीमानी नेपाली
सगरमाथा हाम्रो शीर, हामी हौं नेपाली...

गौरव गाथा कोर्ने वीर ,स्वाभीमानी नेपाली
सगरमाथा हाम्रो शीर ,  हामी हौं नेपाली...

शम्भु "बाछाना" राई
२८ मे २०२०

Comments

Popular posts from this blog

Every probability hardly seems possible at commencement, but nothing is mpossible at all

"झोला" - शम्भु "बाछाना" राई

"साकेला गित"..... ""हतुवागढि साकेला थान """ ------शम्भुु राई "बाछाना"