देशभक्ति गित " हामी हौं नेपाली" ----------- शम्भु राई "बाछाना"
गौरव गाथा कोर्ने वीर ,स्वाभीमानी नेपालीसगरमाथा हाम्रो शीर , हामी हौं नेपाली....
बगाउँला तातो रगत जत्ति जे छ न'शामाचढाउँला बली जीवन जत्ति जे छ सासमाथापौंला छाति मेरो, हिड्छु पुर्खाको बाटोमाजत्ति जे छ मेरो, मिल्नु छ आखिर यहि माटोमा
चोट लागे मेचीलाई, दुख्छ महाकाली
गौरव गाथा कोर्ने वीर ,स्वाभीमानी नेपाली
सगरमाथा हाम्रो शीर , हामी हौं नेपाली...
गोर्खाली हुुुुँ,इतिहास छ कालापानीकोगाउने गर्छु तिनै गाथा वीरहरुको,लिपुलेक हाम्रो नेपाल, शान नेपालीकोबैरी आखा नलगाउ, मान गोरखालीको
चोट लागे कोशीलाई, दुख्छ कर्णाली
गौरव गाथा कोर्ने वीर ,स्वाभीमानी नेपाली
सगरमाथा हाम्रो शीर, हामी हौं नेपाली...
गौरव गाथा कोर्ने वीर ,स्वाभीमानी नेपालीसगरमाथा हाम्रो शीर , हामी हौं नेपाली...
शम्भु "बाछाना" राई२८ मे २०२०

Comments
Post a Comment