Posts

Showing posts from June, 2020

गजल- "संवेग" - शम्भु राई"बाछाना"

Image
लेखेर कहानी यादहरुमा जिउनु पर्दो रहेछ भाग्य फाटे लकिरहरु सिउनु पर्दो रहेछ। हाँसो र रोदनको संगम एक यात्रा हो  जीवन, संवेगमा बगेका कत्ति आशुु त पिउनु पर्दो रहेछ। आरोह र अवरोह अन्गिन्ति, कत्ति छन् कत्ति! साँचो भन्दा वनावटी खुशीमा रमाउनु पर्दो रहेछ। दैवको खेल, उसैको झेल एक दिन अन्त्य हुन्छ त्यो कहानी अधुरै जिउनु पर्दो रहेछ।