गजल- "संवेग" - शम्भु राई"बाछाना"

लेखेर कहानी यादहरुमा जिउनु पर्दो रहेछ
भाग्य फाटे लकिरहरु सिउनु पर्दो रहेछ।


हाँसो र रोदनको संगम एक यात्रा हो जीवन,
संवेगमा बगेका कत्ति आशुु त पिउनु पर्दो रहेछ।


आरोह र अवरोह अन्गिन्ति, कत्ति छन् कत्ति!
साँचो भन्दा वनावटी खुशीमा रमाउनु पर्दो रहेछ।


दैवको खेल, उसैको झेल एक दिन
अन्त्य हुन्छ त्यो कहानी अधुरै जिउनु पर्दो रहेछ।

Comments

Popular posts from this blog

"झोला" - शम्भु "बाछाना" राई

लोक कथा -भाग १

A Sonnet by Shambhu Rai "Golden Age"