Posts

Showing posts from July, 2020

गीत- "मेरी उनी"........शम्भु राई "बाछाना"

Image
खुला आकाशमा रमाउने चरी जस्ती मेरी उनी सपनीमा आउने परी जस्ती धेरै भयो नदेखेको,यादहरुले पिरलेको छट्पटीमा दिन-रातहरु ढल्दै गा"को उड्ने रहर रानीबनकी चरी जस्ती मेरी उनी सपनीमा आउने परी जस्ती... मुटुभरी चोखो माया, उनकै तस्वीर कोरिएछ बदलिएन चोखो माया, मौसम केही फेरिएछ हिउँदमा वेशी झर्ने स्वर्ग लोककी चरी जस्ती मेरी उनी सपनीमा आउने परी जस्ती... सम्झना छ मेरो हिजो, मेरो आज...उनकै लागी मेरो भोली थाहा छैन! केवल चोखो माया उनकै लागी लामो सफरमा उडेकी चखेवा त्यो चरी जस्ती मेरी उनी सपनीमा आउने परी जस्ती... खुला आकाशमा रमाउने चरी जस्ती मेरी उनी सपनीमा आउने परी जस्ती ------शब्द-: शम्भु राई "बाछाना"                     हाल:- युएई