गीत- "मेरी उनी"........शम्भु राई "बाछाना"


खुला आकाशमा रमाउने चरी जस्ती
मेरी उनी सपनीमा आउने परी जस्ती

धेरै भयो नदेखेको,यादहरुले पिरलेको
छट्पटीमा दिन-रातहरु ढल्दै गा"को
उड्ने रहर रानीबनकी चरी जस्ती
मेरी उनी सपनीमा आउने परी जस्ती...

मुटुभरी चोखो माया, उनकै तस्वीर कोरिएछ
बदलिएन चोखो माया, मौसम केही फेरिएछ
हिउँदमा वेशी झर्ने स्वर्ग लोककी चरी जस्ती
मेरी उनी सपनीमा आउने परी जस्ती...

सम्झना छ मेरो हिजो, मेरो आज...उनकै लागी
मेरो भोली थाहा छैन! केवल चोखो माया उनकै लागी
लामो सफरमा उडेकी चखेवा त्यो चरी जस्ती
मेरी उनी सपनीमा आउने परी जस्ती...

खुला आकाशमा रमाउने चरी जस्ती
मेरी उनी सपनीमा आउने परी जस्ती

------शब्द-: शम्भु राई "बाछाना"
                    हाल:- युएई

Comments

Popular posts from this blog

Every probability hardly seems possible at commencement, but nothing is mpossible at all

Failure at your first attempt might just be a bad time- keep your patience and aspiration alive until your clock clicks in

"झोला" - शम्भु "बाछाना" राई