Posts

Showing posts from January, 2021

कविता: "सपनाका छालहरु" ------------शम्भु "बाछाना" राई

सपनाका छालहरु बगिरहेको बेला म बन्दरगाहको एउटा कुनाबाट नियाल्दै थिएँ एउटै बेगमा बगिरहेका ती छालहरु रोकिएका थिएनन् छल्किएर कहिले माथिमाथी पुग्न खोज्थ्यो कहिले भुमरीमा परेर घुम्न खोज्थ्यो त्यो छाल, छल्को र भुमरीभित्र सपनाहरु खेलिरहेका थिए अचानक! छालले बगाएर सुख्खा किनारामा पारिदिंदा मरुभुमीको खडेरीले काकाकुल बनाएको नि देखें छल्कोले बेस्सरी छल्काउँदा भुमरीले फनफनी घुमाउँदा दिशा बिहिन यात्रा नि तय गरें तर पाइलाहरु अगाडी बढिरहे किनकि सबेर फर्किनु थियो क्षितिज पारी पुगेर  छिचोल्दै आरोह-अवरोहका हण्डरलाई सहेर बेहिसाब थिए कत्ति टकरावपछिको प्रहार त्यो बन्दरगहा त्यही हो, जहाँ हजारौं सपनाहरु बगिसकेका छन् अझ म जस्तै धेरै यात्रीहरु यात्रामै छन् गन्तव्यमा पुग्ने सबैको सपना हुँदो रहेछ अनि त्यहाँ पुगेर फर्किनु अर्को सपना रहेछ कत्ति यात्रीहरु छुटेर अर्कै लोक बसाउन पुगे सायद रमाईलो संसार पाएर होला यो धर्तिलाई नै भुले एक त्यान्द्रो सपनाको भरिया जसोतसो हिडिरहेको म टक्क एकछिन उभिएर सोंचे अनि आफैलाई सोधें! के अझेै माटोले मलाई सम्झेकै होला? बाटोले नि विर्सेको छैन होला कन्चन निर्मल बग्ने त्यो ख्यैंवा खोला भीर,

कविता- बिसाउन नसकेको एउटा झोला! By शम्भु बाछाना राई

उसंग नि छ  उनी संग नि रै"छ दिवा-दिमाको पालादेखी बोक्दै आएको आज सम्म पनि विसाउन नसकेको एउटा झोला! पुरानो भइसक्यो, कुहिएर गन्हाउन लागीसक्यो खकन पनि खिया परिसक्यो उसले सगर्व रोटीका लागि बोकेको भन्छ उनको कुरा झन् बेग्लै भोलीका लागि बोकेको भन्छ दिनभरी चर्का स्वर अनि ठुला आवाजहरुले गोडमेल गर्छ टपक्क टिप्छ खानालाई त्यो जे माथिबाट झर्छ चलेकै छ यसरी नै गाजो टर्छ  भन्दै झन खुलेआम अघि सर्छ न "उ" न त "उनी" विसाउन मान्छ उनको युवा जोश यत्तिकै हराउँदै जान्छ शिथिल शरिर, पेण्डुलम घडि झैं चल्ने जिवनको सुइरो न यता न उता सार्न मिल्ने बेलामा, सायद यिनले पनि आफैलाई सोध्छन् होला खास, किन बिसाइएन त्यो झोला? यदि विसाइएको भए के हुन्थ्यो होला? कास, यी प्रश्नहरु "उ र उनी" दुबैले सोधेका थिए भने, आफैले चाहेजस्तो सबैले बोक्न मिल्ने सबैलाई अपनत्व महसुस गराउने उसको, उनको र सबैको सामान अटाउने  फुलबुट्टे झोला बन्थ्यो होला अनि पुरानो त्यो थोत्रो झोला रिसाइकल हुनेसम्मको उपयोग र बाकी कवाडीमा हुन्थ्यो होला!