कविता: "सपनाका छालहरु" ------------शम्भु "बाछाना" राई

सपनाका छालहरु बगिरहेको बेला

म बन्दरगाहको एउटा कुनाबाट नियाल्दै थिएँ

एउटै बेगमा बगिरहेका ती छालहरु रोकिएका थिएनन्

छल्किएर कहिले माथिमाथी पुग्न खोज्थ्यो

कहिले भुमरीमा परेर घुम्न खोज्थ्यो

त्यो छाल, छल्को र भुमरीभित्र सपनाहरु खेलिरहेका थिए

अचानक!

छालले बगाएर सुख्खा किनारामा पारिदिंदा

मरुभुमीको खडेरीले काकाकुल बनाएको नि देखें

छल्कोले बेस्सरी छल्काउँदा

भुमरीले फनफनी घुमाउँदा

दिशा बिहिन यात्रा नि तय गरें

तर पाइलाहरु अगाडी बढिरहे

किनकि सबेर फर्किनु थियो क्षितिज पारी पुगेर 

छिचोल्दै आरोह-अवरोहका हण्डरलाई सहेर

बेहिसाब थिए कत्ति टकरावपछिको प्रहार

त्यो बन्दरगहा त्यही हो,

जहाँ हजारौं सपनाहरु बगिसकेका छन्

अझ म जस्तै धेरै यात्रीहरु यात्रामै छन्

गन्तव्यमा पुग्ने सबैको सपना हुँदो रहेछ

अनि त्यहाँ पुगेर फर्किनु अर्को सपना रहेछ

कत्ति यात्रीहरु छुटेर अर्कै लोक बसाउन पुगे

सायद रमाईलो संसार पाएर होला यो धर्तिलाई नै भुले

एक त्यान्द्रो सपनाको भरिया जसोतसो हिडिरहेको म

टक्क एकछिन उभिएर सोंचे

अनि आफैलाई सोधें!

के अझेै माटोले मलाई सम्झेकै होला?

बाटोले नि विर्सेको छैन होला

कन्चन निर्मल बग्ने त्यो ख्यैंवा खोला

भीर, पाखा, जंगल

भन्ज्याङले मलाई बोलाइरहेकै होला

आमाले, म फर्किने बाटो हेरिरहेको बेला...

Comments

Popular posts from this blog

Every probability hardly seems possible at commencement, but nothing is mpossible at all

Failure at your first attempt might just be a bad time- keep your patience and aspiration alive until your clock clicks in

"झोला" - शम्भु "बाछाना" राई