कविता- बिसाउन नसकेको एउटा झोला! By शम्भु बाछाना राई


उसंग नि छ 

उनी संग नि रै"छ

दिवा-दिमाको पालादेखी बोक्दै आएको

आज सम्म पनि विसाउन नसकेको एउटा झोला!

पुरानो भइसक्यो, कुहिएर गन्हाउन लागीसक्यो

खकन पनि खिया परिसक्यो

उसले सगर्व रोटीका लागि बोकेको भन्छ

उनको कुरा झन् बेग्लै भोलीका लागि बोकेको भन्छ

दिनभरी चर्का स्वर अनि ठुला आवाजहरुले गोडमेल गर्छ

टपक्क टिप्छ खानालाई त्यो जे माथिबाट झर्छ

चलेकै छ यसरी नै गाजो टर्छ 

भन्दै झन खुलेआम अघि सर्छ

न "उ" न त "उनी" विसाउन मान्छ

उनको युवा जोश यत्तिकै हराउँदै जान्छ

शिथिल शरिर, पेण्डुलम घडि झैं चल्ने

जिवनको सुइरो न यता न उता सार्न मिल्ने

बेलामा,

सायद यिनले पनि आफैलाई सोध्छन् होला

खास, किन बिसाइएन त्यो झोला?

यदि विसाइएको भए के हुन्थ्यो होला?

कास, यी प्रश्नहरु "उ र उनी" दुबैले सोधेका थिए

भने,

आफैले चाहेजस्तो सबैले बोक्न मिल्ने

सबैलाई अपनत्व महसुस गराउने

उसको, उनको र सबैको सामान अटाउने 

फुलबुट्टे झोला बन्थ्यो होला

अनि पुरानो त्यो थोत्रो झोला

रिसाइकल हुनेसम्मको उपयोग र बाकी कवाडीमा हुन्थ्यो होला!

Comments

Popular posts from this blog

Failure at your first attempt might just be a bad time- keep your patience and aspiration alive until your clock clicks in

Poem- "Mind is Without Fear When You're Heartless..."

भाकेको छु तिम्रो कसम..... 9 September 2013 at 01:48