ज्याक मा - "तपाईं कहिले पनि बिचलित नहुनुहोस, आज गार्‍हो होला, भोली झन् गार्हो छ तर एक दिन सुनौलो किरण अवश्य छाउनेछ।"

BY SHAMBHU RAI-AE

सपना धेरै मान्छे सुतेर देख्छन् तर केहिलाई त्यहि एउटा सपनाले सुत्न दिदैन। हरेक कुराको अविस्कार हुनु पुर्व त्यसको कल्पना हुन जरुरि छ। कुनै पनि सफलताको सिढि चढ्न त्यति सजिलो छैन तर असम्भव पनि छैन। त्यसको लागि केवल आत्मविश्वास, लगनशीलता, धेैर्यता र निरन्तरता चाहिन्छ। आज गार्‍हो छ, भोलि त्यो भन्दा झन् गार्‍हो हुन सक्छ तर त्यसलाई निरन्तरता दिन सके एकदिन सुन्दर विहानी कसो नआउला। यदि तपाईं सहि हुनुन्छ भने यसलाई सावित गर्ने कोसिस नगर्नुहोस समयले आफै गवाइ दिनेछ। आज यसै सेरोफेरोमा रहेर एक सामन्य व्यक्तिको बारेमा चर्चा गरौं जो संग हिजो केही थिएन केवल थियो त एक आत्मविश्वासले भरिएको सपना तर आज उ संग सबथोक छ। विश्वका प्रभावशाली प्रेरकहरु मध्येमा एक हुन् ज्याक मा-
Jack Ma-
A chinese magnet entrepreneour
CEO - AliBaba Group

ज्याकमा लाई मा युआन् को नामले चिनिन्थे। उनको जन्म १५ अक्टोबर १९६४ भएको हो। उहाँ एक प्रभावशालि तथा विश्व प्रख्यात चिनिया उद्दमी हुन्। उहाँ अन्तराष्ट्रिय स्तरंमा प्रख्यात ई-कमर्स कम्पनी अलिबाबा ग्रुपका सह-संस्थापक तथा कार्यकारी प्रमुख हुन्। भर्खरै फोर्बस पत्रिकाले सारवजनिक गरेका धनाढ्यहरुको सुचिमा परेका उनी चिनकै सबै भन्दा धनि ब्यक्तिको रुपमा सुचिकृत भएका हुन्। उहाँ संग २५ बिलियन डलर सम्पति रहेको छ जुन अलिबाबा ग्रुपको ७.८ प्रतिशत शेयर र अलि पे प्रोसेसिङ को ५० प्रतिशत हिस्सालाई आधार मानिएको छ। 

ज्याक मा -
"तपाईं कहिले पनि बिचलित नहुनुहोस्। आज गार्‍हो होला, भोली झन् गार्हो छ तर पर्सि सुनौलो किरण अवश्य छाउनेछ।"

उनले सधैं आफुलाई विश्वास गरेको बताउछन्। एक दिन जब उनले आफ्ना सबै सहपाठी प्रोफेसहरुलाई आफ्नै अपार्टमेन्टमा बोलाएर आफ्नो सपनाको वारेमा फेरिहस्त सुनाउदै जागिरबाट राजिनामा गर्ने बताए, २४ जना मध्ये २३ जनाले यस्तो असम्भव कार्य नगर्न सुझाव दिएका थिए। तर एक जना थिए जसले ज्याक मा लाई कोशिस गर नभएमा फेरि फर्कि आउनु भन्ने सुझाएको बताउछन्। उक्त विमर्श पछि उनले रातभर सोचे मनभरि कुराहरु खेलाइरहे, अन्तमा उनले कठोर निर्णय लिदै कसैले नहिडेको बाटो हिडॐने साहस गरे। अकसर मानिसहरू विहानपख मनमा महत्त्वपूर्ण सोँचहरु जन्माउछन्, सपना हुन्छ तर दिन ढल्दै गर्दा अर्को दिन सबेरै ती सबै भुल्छन् र त्यहि पुरानो कर्म गर्न तल्लिन हुन्छन्। 

ज्याक मा कुनै व्यापारी घरानाका ब्यक्ति होइनन् न त उनको बाबा धनि नै थिए। उनी एक साधारण किसानको छोरो हुन्। ज्याकमा तिनै हुन् जसले हार्वर युनिभर्सिटीको लागि दस चोटि एप्लाई गरे तर स्वीकारिएन। धेरै संख्यामा जागिर खोज्ने क्रममा अन्तर्वार्ता हरु दिए पनि सफल भएनन्। उनले यि सबै चुनौतिहरुलाई सहजै स्विकार्दै कठिन परिस्थितिको सामना गरिरहे। उनमा केही हिनतावोध नभएको पनि होइन तर पनि उनमा एउटा आत्मविश्वास थियो कि केहि कुराले उनको प्रतीक्षा गरिरहेको छ। त्यसको लागि आफुले कडा मेहनत गरेर प्रमाणित गर्नु थियो। कसैले विश्वास गरेनन् जब उसले चिनमा इन्टरनेटको पहुँच धेरै कम थियो त्यति नेै बेला उसले ई-कमर्स गर्ने कुरा गरिरहेका थिए। सबैले उनको मजाक उडाइरहे, मुर्ख को संज्ञा दिइरहे। त्यहि पनि उनले हार भने मानेन् निरन्तर लागिरहे। हुन त कोहि मानिस अरु कसैले नहिडेको बाटोलाई आफ्नो गन्तव्य मानेर अघि बढ्छ भने त्यसलाई पागल या मूर्ख ठान्ने मानसिकता अस्वभाविक मान्न मिल्दैन। यो मानविय स्वभाव नै हो। उनले भनेका छन्- जबसम्म हात उठाउनु हुन्न् तबसम्म तपाईको लागि अवसर छ, अर्को विकल्प खोज्नु या निरन्तरता नदिनु नै सबैभन्दा ठुलो असफलता हो!"
 आज डेढ दशक पछि ज्याकमा ले कल्पना गरेको उनको सपना पूरा भएको छ। ALIBABA GROUP, TMALL GROUP, ALI PAGE लाई विश्वको सर्वाधिक खोजि गरिएको इ-कमर्स कम्पनि जसले संसारका हरेक कुनाकुनामा सेवा दिरहेको छ  जहाँ हजारौं कामदारहरुले रोजगारि पाएका छन्। 

हो, हिजो जसले ज्याकमा लाई पट मुर्ख भन्थे, आज त्यहि भिडले ज्याकमा को गुणगान गाउछन्, उनलाई आदर्श व्यक्ति ठान्छन्। भनिन्छ दु:खमा सबैले साथ छोड्छन्, सुखमा सबै हिस्सेदार बन्छन्। यसलाई पनि अस्वभाविक मान्नु हुन्न यो मानविय स्वाभाव भित्रकै एक अंश हो। 
आज विश्वका टप छापाखानाहरुमा उनको अन्तरवारता छापिन्छन्। लाखौ-करोडौं मानिसहरुलाई आफ्नो प्रेराणादायि अनुभव साट्न तल्लिन उनले विश्वभरि नै प्रशंसक बटुलेका छन्। हिजो उनले बोलेका भनाई सामन्य लाग्थे भने आज उनले बोलेका हरेक बोली फेसबुक, ट्विटर, इस्टाग्राम लगायतमा सामजिक सन्जालमा ह्यास्टयाग बनेर कोट गरिन्छन्। धेरैले सोध्ने गर्छन् किन यहाँ मानिसहरुले अवसर पाइरहेका छैनन्? खोइ कहाँ छ अवसर? मसंग जागिर छैन। मसंग यो पनि छैन त्यो पनि छैन केही पनि छैन। यस्ता गुनासो आएपछिको सर्वेक्षण गर्दा धेरै युवा जोस भएका मानिसहरुमा नयाँ सोचको विकास हुने भए पनि त्यसलाई वास्तविकतामा परिणत गर्ने साहस नहुँदा यो अवस्था आएको निस्कर्ष पाइयो। त्यसैले कर्ममा विश्वास गर्नुहोस, जे सोच्नु भएको छ त्यसको लागि सुरुवात तपाईं बाट हुन जरुरी छ। तपाईले पाएको अवसर तपाईको आफ्नो बनाउन र साकार पार्न मनैदेखि लाग्नुस् र यो अवसर किन तपाईंको हुन पर्छ भनेर गहिरिएर सोँच्नुहोस्। एउटा यस्तो ब्यक्तिहरुको समूह बनाउनुहोस् जसले सपना देख्छन् तपाईसंगै र भरोसा पनि गर्छन्। टिम वर्कमा विश्वास गर्नुहोस्।

सफल हुन खोज्ने नेतृत्वले कहिले गुनासो गर्दैन बरु गुनासो सुन्छ अनि आफ्नो विवेक प्रयोग गर्दछ। यसरी उनले फरक फरक काम गरेर सफलता पाएको होइन कि अरुले गरेको काम भन्दा फरक तरिकाले गरेर सफल भएका हुन। मैदानमा हारेको मान्छे फेरि पनि जित्न सक्छ तर मनदेखि हारेको मान्छे कहिले जित्न सक्दैन। आत्मविश्वास सफलताको पहिलो सर्त हो भने सकारात्मक सोँचको विकास हुनु पनि महत्त्वपूर्ण कुरा हो। 

समय सबैलाई एकनाश हुन्छ त्यसलाई उपयोग गर्ने तरिका आ-आफ्नो हुन्छ। सोचमा परिवर्तन ल्याउनुहोस् तपाईले सोचेको सबै कुरा सम्भव छ, आजसम्म नसोचेको सबै कुरा सोच्न सक्नु हुन्छ। क्रान्ति आफेैमा ल्याउन जरुरि छ। बदलाव तबमात्र आउनेछ॥
शुभदिन।

Comments

Popular posts from this blog

"झोला" - शम्भु "बाछाना" राई

लोक कथा -भाग १

A Sonnet by Shambhu Rai "Golden Age"