"पचास् को बतास"



मैले कहाँ माया गरेको हो र?
मैले कहाँ माया गर्छु भनेको हो र?
तर आफैँ भएछ
थाहै नपाई बसेछ
हिजोका दिन सम्झिन्छु अहिले
कलेजमा कसैको वास्ता किन गरोस् कसैले 
भर्खरै टिनेजको क्रेज छ 
छात्तिमा दम, बाहिर खुला आकाश छ
यहि भिड मध्येमा एक हुँ
लक्ष्यमा पुग्नलाई लम्किरहने मध्येका एक हुँ
अचानक मेरो नजर लोभिन्छ भन्ने के थाहा 
भाग्यलाई आफैले कोर्नु पर्छ भन्ने कुरा झन् के थाहा
भित्रि आँखा कमजोर हुदो रै"छ जवानिको
सबै फूल टिप्न खोज्ने हुदो रैछ वगैचाको
किताबको गाता हेरेर जाँचेको भए
व्यक्तिको आवरण हेरेर दाँजेको भए
हाम्रो मिलन कहाँ हुन्थ्यो र सानू
एफएम बज्ने रेडियोमा मिठास धुन पनि छ भनि कसरी जानू
हेहेहे,,,,,
टिकट २५ रुपैयाँ को जोड्दा पचास्
एस/नो क्विज खेल्दा चल्यो ठुलै बतास्
उम्कने बाटो एउटै थियो
एस् र नो मा छान्नु थियो 
समय धेरै अन्तराल पछिको भेट 
दैवले नै जुराएको हाम्रो भेट
मेजर सबजेक्टको कक्षा नमिल्ने
तर केही सब्जेक्ट चाहिं मिल्ने
जब जब तिम्रो नजिक हुन पाएँ
तिम्रो बारे सबैकुरा जान्न पाएँ
मनको कुरा मनैले सुने जस्तो 
दिमाग र दिलको दोधारमा परे जस्तो
तिम्रो दिलको खालि जगा लिन मन लाग्यो
त्यहि भएर तिमिसंग माया बसेछ भन्न मन लाग्यो
आखिरमा मनको कुरा खोलिदिएँ
दिलको कुरा पिण्डेश्रमा बोलिदिएँ
बाकि,,,,,,तिमिले पूरा गरिदेऊ
कि एस् कि त नो भनिदेऊ॥

,,,,,किरावाछा 
२९ जनवरी २०१८

Comments

Popular posts from this blog

Every probability hardly seems possible at commencement, but nothing is mpossible at all

Failure at your first attempt might just be a bad time- keep your patience and aspiration alive until your clock clicks in

Poem- "Mind is Without Fear When You're Heartless..."