मेरी #उनी लाई... मेरो र उनको विशेष महिना )💕🎁💕


मेरी उनी....









कहाँ बाट सुरु गरौं?
खै कसरी सुरु गरौँ?
हरेक क्षण यादगार छन्
कल्पनामा डुबिएर झन्-झन्
फ्लास्ब्याकमा हराऊँदैछु
फेरी त्यहि बगैंचामा बस्ति बसाउँदैछु
जहाँ म हाँसेर फूल्न सकें
जिन्दगिको सहयात्रामा सबै पीडा भुल्न सकें
पहिलो भेट भाको हाम्रो यहि बेला
सम्झिरहेछु पिण्डेश्वरको बोलबम मेला
टिप टिप् वर्षा रुझाउने त्यो साउनको झरी-
मानस्पटल भरी, आज त्यहि घरिघरी
बदलियो समय, ढल्कियो जवानी
बदलियो शहर, फेरियो मुहार पनि
तर बदलिएन त्यो वर-पिपलको छायाँ
जहाँ हामिले कसम खाई साटेका थ्यौं अजम्बरी माया
चढाँउदै फूलका गुच्छा भाकेर मिल्छ भने
पुज्दै भगवानलाई मागेर मिल्छ भने
हाँसिरहने वर-पिपल संगै रहिरहोस् जन्मौजन्म
अजम्बरी नाता हाम्रो, कायम रहोस् जन्मौजन्म
आत्मिय साथ हाम्रो एक-अर्कालाई, लाखौ जन्म-जन्म॥
......
तिम्रो हरेक पाईलामा म साथ हुनेछु। 

Comments

Popular posts from this blog

"झोला" - शम्भु "बाछाना" राई

लोक कथा -भाग १

A Sonnet by Shambhu Rai "Golden Age"