-गीति गजल...


गीति गजल... 
------------------------------ 
जस्ले भोगिन्छ जे बोलिन्छ उहि.. 
अर्थ यो जिन्दगिको आँखिर खोलिन्छ उहि... 

बिवशतामा बाँच्छन् कोहि... 
सम्झौतामा बाँच्छन् कोहि... 
एकै आकाश एकै धर्ती... 
भयो त केबल फरक यो जिन्दगीको गति...
छोए आगो पोल्छ उहि..
अर्थ यो जिन्दगिको आँखिर खोलिन्छ उहि...

काँडै तिखा सुन्दर ती गुलाव फूलका...
भलै तिता आधार ती गरिएका भुलका...
काँडा बिचको फूल हो यो जीवन...
एकैनाश अर्थ्याइएको भुल हो यो जीवन...
रोए आँशु सुक्छ उहि...
अर्थ यो जिन्दगिको आँखिर खोलिन्छ उहि...

फूलेर नि ओइलिने हो...
उदाएर अस्ताउने हो...
मरिलानु के पो छ र...
बाचुञ्जेल माया लाउनु छ तर...
लाए माया अमर उहि...
अर्थ यो जिन्दगिको आँखिर खोलिन्छ उहि...

जस्ले भोगिन्छ जे बोलिन्छ उहि..
अर्थ यो जिन्दगिको आँखिर खोलिन्छ उहि...
------------------------------
~शम्भु राई

Comments

Popular posts from this blog

Every probability hardly seems possible at commencement, but nothing is mpossible at all

"झोला" - शम्भु "बाछाना" राई

"साकेला गित"..... ""हतुवागढि साकेला थान """ ------शम्भुु राई "बाछाना"