लोक कथा -भाग १


एकाबिहानै उडेर गएको चरी , खोज्दै जान्छ चारो बचेरालाई त्यो पल्लो डाँडा पारी, निरन्तरको प्रयास , लगन, मेहनत र प्रयास यहि गर्छन्, किनकि उनले जसरि पनि चारो ल्याउनु पर्ने लक्ष्य राखेका हुन्छन्। थाहा छैन त्यो चरीलाई कस्तो विपत्ति आइपर्ने हो, विहानको झुल्के घाममा निस्केका उनले कत्ति कोस पर तर्नु पर्ने हो, कत्ति बेशि झर्नु पर्ने हो। सायद तिर्खा लागेर होला चरी पानिको खोजिमा तड्पिरहेको छ, यता गुँड्मा उस्तै बचेरा पनि भोकले छटपटिरहेको छ। चरी सहि सलामत फर्केर आए, ढुक्कले सुत्थे होलान् बचेरा पनि पेटभरि खान पाए।

बल्लतल्ल फर्केर आयो, चरिले ठुलो खुशी बोकेर ल्यायो, आजलाई टर्यो, भोलिको चिन्ताले छोडेन, चरिलाई रातको निन्द्रा लागेन, वेचैन पिरैपिरले सुत्न सकेन। यत्तिकैमा अर्को विहानिको मिर्मिरेमा घाम उदायो, गुँडको अवस्था हेरेर टोलायो, फेरी उहीँ कथा दोहिरियो, सदाझैं चरि उड्न लाग्यो। यसपालि अलिक धेरै दिनको लागि ल्याउने कोशिसमा उडे, अपरिचित गाउँमा धेरै ठुलो फल पाइने आसमा उडे, जब त्याहाँ पुगे चरीलाई बेचैनी भो किनकि उनी धेरै टाढाको गाऊमा आइसकेका थिए आज फर्केर जान सम्भव थिएन, आजै गुँडमा बचेको खाना पनि थिएन, हावाहुरी चलिरहेको छ कसरी बस्दै होलान बचेरा ओढ्ने नाना पनि थिएन।

अनौठो ठाऊमा बिरानो गाऊँमा, फल टिप्न सुरु गरे, बगैँचा सुन्दर देखिन्थ्यो, मनै लोभिन्थ्यो , बिचरी ती चरिलाई के थाहा, मनमनै हौसिएर फल टिप्न खोजे, यत्तिकैमा उनी मालिको फन्दामा परे, जाबिको चरा बने, सिकारीले फन्दामा पारे। उम्कन सकेन उनी आफ्नो भाग्यलाई धिक्कार्दै, आपनो खोटि कर्मलाई धिक्कार्दै सयौं विन्ति गरे। तर पनि उनलाई छोड्न ती राक्षसि तयार भएनन्, यता बचेराले पर्खिरहे, एकोहोरो उनकै बाटो हेरिरहे तर चरी कहिले फर्केनन्।
बाकि अत्को भेटमा....
लेखक- शम्भु बाछाना राई

Comments

Popular posts from this blog

Failure at your first attempt might just be a bad time- keep your patience and aspiration alive until your clock clicks in

भाकेको छु तिम्रो कसम..... 9 September 2013 at 01:48

So-called Greatness Seen in “I” and Its Possessive Forms Destroy Humanity in Real—Shambhu Rai