~गजल~

~~~~~~~गजल~~~~~~~~~ 

प्यास के हो भोक नै भुलेको छु। 
आज मैले सबै थोक भुलेको छु।। 

फुर्सद छैन दशनङ्ग्रा खिएर 
रोबर्ट भएँ म त मानव जिवन भुलेको छु।। 

बाध्यताले पर्देश मलाई प्यारो भयो।
आफ्नै घर अनि जन्मथलो भुलेको छु।।

दिन गल्छ-ढल्छ महिना पनि बित्छ
वर्षौँ भयो जन्म दिन नै भुलेको छु।।

थाहा छैन कहाँसम्म पुगिने हो।
आफ्नो गन्तब्य नै भुलेको छु।।

~~~~~~~~~~~~~~~~~~~~
-शम्भु राई 

Comments

Popular posts from this blog

"झोला" - शम्भु "बाछाना" राई

लोक कथा -भाग १

A Sonnet by Shambhu Rai "Golden Age"