प्रण मेरो   

कोशौं यात्रा अश्रु भेलमा कैयौं चोटी तरेको छु। 
आत्तिएको छैन म त भर तिम्रै परेको छु ।। 

एकलै-एकलै तिम्रो नामको दियो बालि 
कालो-कालो औंसी रातमा चाँदमुहार छरेको छु।। 

दिलको ढोका खोलिदेऊ है
तिम्रै निम्ती बाँच्ने प्रण गरेको छु ।।

युगौं-युग संगै जिउने कसम खाईकन
तिम्रो खालि सिउँदो मेरै हातले भरेको छु।।

दुइटा मुटु एउटै धड्कन धड्कीनेछ,
छामी हेर'आजै,धेरै भयो तिम्रै दिलमा सरेको छु।।

कोशौं यात्रा अश्रु भेलमा कैयौं चोटी तरेको छु।
आत्तिएको छैन म त भर तिम्रै परेको छु ।।

-शम्भु बाछाना

~~~~~~~~~~~~~~~~~~~~

Comments

Popular posts from this blog

Every probability hardly seems possible at commencement, but nothing is mpossible at all

"झोला" - शम्भु "बाछाना" राई

"साकेला गित"..... ""हतुवागढि साकेला थान """ ------शम्भुु राई "बाछाना"