कविता- दियो झेै बलिरहेको जिवन

शम्भु बाछाना राई


एक दियो बलिरहेको छ
एकनाश उज्यालो छर्दै आफु जलिरहेको छ...
मैन पग्लेर जल्छ अनि निभेर जान्छ
नमरी स्वर्ग कसले देखेको छ र
उज्यालोमा रमाउनेहरुले के नै भोगेको छ र
कत्ति पीडा सहेर, कत्ति कष्ट झेलेर
बिना कुनै सर्त,
एक दियो बलिरहेको छ
एकनाशको .... छर्दै आफु जलिरहेको छ॥

दियोले उज्यालो छर्नु आफ्नो धर्म मानेर
आफ्नो सत्कर्म गर्नु हो ठानेर
आफ्नो विदाइको घण्टि बजेको जानेर
कहिलेकाही हावाहुरी बतास नै चल्यो
त्यहि पनि निरन्तर जल्यो
रातको रोशनी उजेली छरिरह्यो
एक्कासी झस्किए!
सायद भुल गरिएछ आफु मात्रै जलेछु
कर्तव्य पूरा भएनि दायित्व भुलेछु
एकचोटि
जल्दै गरेको मैन तिनका हत्केलामा चुहाएको भए
निरन्तर नजलि केही बेर अध्यारोमा सताएको भए
सायद तिनले बुझ्ने थिए कि
महत्व मैनको... कि...
बिना कुनै सर्त
किन? कसरी? एक दियो बलिरहेको छ
एकनाशको,,,, छर्दै आफु जलिरहेको छ।


Comments

Popular posts from this blog

Failure at your first attempt might just be a bad time- keep your patience and aspiration alive until your clock clicks in

भाकेको छु तिम्रो कसम..... 9 September 2013 at 01:48

So-called Greatness Seen in “I” and Its Possessive Forms Destroy Humanity in Real—Shambhu Rai