गजल- तिमिलाई भन्न सकुँ



तिम्रा कोमल हत्केलाको सहारा म नै बन्न सकुँ
टेक्ने जमिन पैतालाको पहरा पनि हुँ म भन्न सकुँ

शम्भु बाछाना राई

नदि तर्नु परे किनारामा, सागर समुद्री छालहरुमा
छेक्दै बेग खहरे खोलाको तुइन लहरा म नै बन्न सकुँ॥

प्रेमिल फूलको बगैंचामा फुलिराख संधैभरी
ए शिरफुल भनि बोलाको स्वर-सुस्केरा मेरै हो भन्न सकुँ॥

सायद तिमिले नै बुझ्छौ मेरो मनमा लुकेका भाव हर कदममा 
वर्षा हौसलाको,खोलेर दिलको स-कुरा  तिमिलाई नै भन्न सकुँ॥ 

Comments

Popular posts from this blog

"झोला" - शम्भु "बाछाना" राई

Every probability hardly seems possible at commencement, but nothing is mpossible at all

"साकेला गित"..... ""हतुवागढि साकेला थान """ ------शम्भुु राई "बाछाना"