गजल- तिमिलाई भन्न सकुँ



तिम्रा कोमल हत्केलाको सहारा म नै बन्न सकुँ
टेक्ने जमिन पैतालाको पहरा पनि हुँ म भन्न सकुँ

शम्भु बाछाना राई

नदि तर्नु परे किनारामा, सागर समुद्री छालहरुमा
छेक्दै बेग खहरे खोलाको तुइन लहरा म नै बन्न सकुँ॥

प्रेमिल फूलको बगैंचामा फुलिराख संधैभरी
ए शिरफुल भनि बोलाको स्वर-सुस्केरा मेरै हो भन्न सकुँ॥

सायद तिमिले नै बुझ्छौ मेरो मनमा लुकेका भाव हर कदममा 
वर्षा हौसलाको,खोलेर दिलको स-कुरा  तिमिलाई नै भन्न सकुँ॥ 

Comments

Popular posts from this blog

Failure at your first attempt might just be a bad time- keep your patience and aspiration alive until your clock clicks in

Poem- "Mind is Without Fear When You're Heartless..."

भाकेको छु तिम्रो कसम..... 9 September 2013 at 01:48