गजल-

शम्भु बाछाना राई

पल्टाउदै पन्ना खोज्दै जाँदा मन भुलाउने मीठो समझना भेटियो...
डेढ दशक पुरानो गुम्सेको फोटो यादगार बनाउने बचपना भेटियो...

एकोहोरो हेरिरहें, एकछिन टोलाइरहें,नबोल्ने तस्वीरलाई बोलाइरहें
फ्ल्यासब्याकमा आज हराएको खुशी फर्काउने बहाना भेटियो...


कहाँ पुग्यौ, कत्ति माइल पर पुग्यौ, कहीं सम्झ्यौ वा विर्स्यौ
रमाइला ती पलहरु संगालेर जीवन सजाउने एक गहना भेटियो...

मेरा गजलका शेरहरुमा पंक्तिवद्ध राखें, मनको भाव पोखें
एकैचोटी हरेर तस्बिर त्यहिभित्र हराउने चाहना भेटियो।

Comments

Popular posts from this blog

"झोला" - शम्भु "बाछाना" राई

Every probability hardly seems possible at commencement, but nothing is mpossible at all

"साकेला गित"..... ""हतुवागढि साकेला थान """ ------शम्भुु राई "बाछाना"