अलराम ले नसताएको दिन…


अलरामको घण्टि बजिरहन्छ
साइलेन्ट मोडमा लगाउछु, फेरी पनि बजिरहन्छ

घरिघरि, सोधिरहन्छु एउटा प्रश्न आफेैलाई
कोरेेर कन्भास हराउदै जान्छु, फेेेेरी पाउछु आफेैलाई 

एकोहोरो गुन्जिनाले त्यहि एउटा आवाज मात्र सुन्छु
मिठास धुनहरु बजे कतै! मन भित्र बाट गुनगुनाएको हुन्छु
सायद!
मेरो बिवस्तामा बज्ने अलरामका ध्वनीहरुले
कमजोर पारिसके मेरा श्रव्य रेसाहरु 
ढल्दैछन् दिनहरु गल्दैछु म, लिएर अधुरा सपनाहरु
तर साइलेन्ट गर्नेै छ यसलाई, म भित्रका तिखा वाणहरुले


सोचिरहेछु!
कस्तो होला त्यो दिन?
अलरामले नसताएको दिन!
आफ्नै टाइमलाइनमा घडिको सुइ चल्छ होला
अध्यारो कोठामा उज्यालो झलमल बल्छ होला
जहाँबाट !
हरेक दिन नयाँ सबेर पनि उदाउलान्
जिन्दगिको स्टेएरिङ आफ्नै हातले समाउलान्
त्यो एक दिन!
त्यहि दिन! अलरामले नसताएको दिन!
-शम्भु बाछाना राई




Comments

Popular posts from this blog

"झोला" - शम्भु "बाछाना" राई

लोक कथा -भाग १

A Sonnet by Shambhu Rai "Golden Age"