शुन्यता भित्रको तिम्रो आवाज……

Dedicated…

के भन्न खोजिरहेको होला !
तिम्रो शुन्यता भित्रको आवाजले
तिम्रो मासुम् चेहेराले
सायद काम गर्दै होला!!
राडर रेकर्डर झैं, तिम्रो कलिलो मस्तिष्कले
टेलिएस्ट्रो झैं, तिम्रा मृग नयनहरुले
सायाबुङ बाछाना राई

जान्न खोज्दैछु म!
कोशिसरत छु जिज्ञासु भएर;
बैशाख २८ बाट सुरु गरेको स्व-अध्ययनमा
उन्नाइ-बीस वा उन्नाइस- एक्काईस के भयो, यत्तिका विचमा
म संग रहेका केही डाटाहरु छन् जहाँ;
तिम्रा हरेक अल्फाका स्वरध्वनिहरु गुन्जिन्छन्
तिम्रो मुस्कानले भरिएका तस्वीरहरु कैद छन्

तिमिले लेख्ने जीवन डायरिका पेजहरुमा;
सजिने केहि पाना भित्र पर्छन् यी
सम्झिने क्षण हरु भित्र पनि पर्छन् यी
हाल सम्मको यात्रामा
हामी बन्यौं सहयात्री तिम्रो, यात्रा भने जारि छ
निरन्तर अघि बढोस् आशिर्वाद यसै पनि छ
रहोस् साथ सबै घाम,जुन-तारा
यो धर्तिको खुसि जति तिम्रै होस् सारा…

सायद
सुनिरहेकि छौ!
बुझिरहेकि छ्यौ!
र त केही भन्न खोज्दै छ्यौ!
तिम्रो मासुम चेेेेहेराले
शुन्यता भित्रको तिम्रो आवाजले||

💞💌💞
आपा-आमा



Comments

Popular posts from this blog

Every probability hardly seems possible at commencement, but nothing is mpossible at all

"झोला" - शम्भु "बाछाना" राई

"साकेला गित"..... ""हतुवागढि साकेला थान """ ------शम्भुु राई "बाछाना"