" सिम्मा" लाई शुभकामना !बलवान समय तीर झेैं चलेको पत्तै भएन...

बलवान समय तीर झेैं चलेको पत्तै भएन...
सानी नानी ठुली भ"कि झन् थाहै भएन....
मेरो एउटा साथी भाडाकुटि खेल्न कत्ति जाती
वालापनले संगालेका यादहरु झन कत्ति माथी
सानी नानी अर्कै घर सर्ने भ"कि थाहै भएन....


आपाले सुनाउने दन्त्य कथाका राजकुमारी उनी
सबकी प्यारी आँखाका नानिमा बसेकी
रानीबनकी चरी झैं खेलेर हुर्केकी
आमाले बजाउने विनायोका धुनमा नाच्ने उनी
सानी नानी कुटुम्ब लाग्ने भ"की थाहै भएन....

प्रकृति संगको प्रगाढ प्रेम, सबलाई हसाउने
चन्चल स्वभाव उनका केही बचपना
एक जिम्मेवार नारी बन्ने उनको चाहना
मेरो खुशिमा रमाइदिने, मेरो दुखमा साथ दिने
सानी नानी अर्कै कुलमा सर्ने भ"कि थाहै भएन...

सामाजिक बन्धन हो यो
जन्मघरलाई छोडी कर्मघर जाने रित छ यहाँ
सुम्निमा र पारुहाङ्ग दायाँ रहुन् हेन्खामा छिन् जहाँ
नाता रगतको रक्षक माइति,कसम रक्षा-बन्धन को हो यो
सानी नानी सात गाऊ/खोली तर्ने भ"कि थाहै भएन...

नानी तिमिलाई,
हाम्रो सुभेच्छा, आशिर्वाद, माया, सद्भाव संधै तिम्रो माथमा
तिमिले हिड्ने गोरेटो,गल्ली, टेक्ने ठाऊ सहज होस्
सुम्निमा-पारुहाङ्ग हमेशा तिम्रो दायाँ रहोस्
खुशिका वसन्तहरु छाइरहोस् तिम्रो जिवनमा
स्वस्थ, दिर्घायु र उत्तोरोत्तर प्रगतिको कामना सहित नव दाम्पत्य जिवनको हार्दिक मंगलमय शुभकामना "सिम्मा"!

Comments

Popular posts from this blog

Every probability hardly seems possible at commencement, but nothing is mpossible at all

Failure at your first attempt might just be a bad time- keep your patience and aspiration alive until your clock clicks in

"झोला" - शम्भु "बाछाना" राई