"""""""रातो बाकस""""""""

---

लेकवेशी धाउँदा-धाउँदै
कतै चोट पर्यो की!
विरहमा गाउँदा-गाउँदै
न्याँउली झेैं रोयौ की!

फर्कि आउने दिन गन्थ्योेै
छिट्टै आउनु घर भन्थ्योै
दैवको यो लिला
फेेेेेरी भेट होला कि नहोला!

संगालेर यादहरु
पटुकीमा बाध्यौ होला!
बगाएर साउने झरी
आफुु मात्र रुझ्यौ होला!

नफर्किने परदेशीको
सम्झनाले पोल्यो कि!
मुर्छा पर्दै विरानीको
रात्तो बाकस खोल्यो की!

अगस्ट-१ तारिख, २०२०
शम्भु "बाछाना" राई

Comments

Popular posts from this blog

Every probability hardly seems possible at commencement, but nothing is mpossible at all

"झोला" - शम्भु "बाछाना" राई

"साकेला गित"..... ""हतुवागढि साकेला थान """ ------शम्भुु राई "बाछाना"