हाम्रो प्रेम कहानी...


हाम्रो प्रेम! माया गर्नेहरुको कहानी बनोस्

मिर्मिरेमा सुनौलो किरण छर्ने विहानी बनोस्


बाचा - कसम सिसा झैं कहिल्यै नटुटोस्

जुनिजुनि लाई ला"को माया पलभरमै नछुटोस्


चाहना एउटै मेरो पाउनु छ तिमिलाई

हाम्रो प्रेम गित सुनाउनु छ धेरै-धेरैलाई


फूल्न देऊ  मनको बगैंचामा संधै भरिलाई

छेकेर वादल रोकिदेऊ दर्केर आउने झरिलाई


जहाँ प्रेमको आभास आशुुुुुले नभिज्ने सिरानी बनोस्

यस्तो होस् कि! डाह गर्नेले झन् आह! भनोस्


-शम्भु राई "बाछाना"

Comments

Popular posts from this blog

"झोला" - शम्भु "बाछाना" राई

लोक कथा -भाग १

A Sonnet by Shambhu Rai "Golden Age"