गजल- ल अफ कर्मा [ शम्भु राई "बाछाना"]

हाँसो छर्नेले दु:खको भारी बोक्नु पर्छ

खुशी भर्नेले रोदनको झरी रोक्नु पर्छ


कहिले वादल मडारिंदा हेन्खामा तरंगिदा

केही गर्नेले दु:ख-सु:ख, हाँसो-रोदन बराबरी भोग्नु पर्छ


पछाडि हच्केर किन रोक्छौ त्यो कदमलाई!

खोला तर्नेले नसोध्नु किन, डुङ्गाको मोल कसैगरी तोक्नु पर्छ !


ल अफ् कर्माले जिवनको सहि मोड दिंदा नसुन्ने

तल झर्नेले असन्तोषको शैय्यामा गहपारी जिव्रो टोक्नु पर्छ!

Comments

Popular posts from this blog

Every probability hardly seems possible at commencement, but nothing is mpossible at all

"झोला" - शम्भु "बाछाना" राई

"साकेला गित"..... ""हतुवागढि साकेला थान """ ------शम्भुु राई "बाछाना"