"प्रेम" [लेखन- शम्भु राई "बाछाना"]

जीवन एउटा घामछायाँ हो हाँसो-रोदनलाई भोग्नु छ

मरेर जाने चोला हो जिवन सके एकछिनलाई रोक्नु छ


साँझ ढले पलभरमा विहानीलाई खोज्नु छ

मन मिले जिवन साथी तिमिलाई रोज्नु छ


टाढा नजाऊ जिवनमा दुइ पलको खुशी साट्नु छ

एउटै कदम चालेर संगै सानो संसार बाँड्नु छ


मायाको भारी मिलेर आधा-आधा बोक्नु छ

तिम्रो लागि यो साँझलाई यहिं रोक्नु छ

Comments

Popular posts from this blog

Every probability hardly seems possible at commencement, but nothing is mpossible at all

"झोला" - शम्भु "बाछाना" राई

"साकेला गित"..... ""हतुवागढि साकेला थान """ ------शम्भुु राई "बाछाना"