गजल- "यात्रामा"

पिएर मुलको पानी अतृप्त प्यास मेटिने भए

काँडा बिचमा फूलैफूलको मौसम भेटिने भए||


नसुक्ने मुहान खोजेर काँडैकाँडा रोपिन्थ्यो

विश्वास मैले गरे जस्तै तिम्रो भरोसा देखिने भए||


फाटेको खुशी यो मनले कसरी सिउनु र खै!

डिजे पबमा लोकभाकाको सारंगी रेटिने भए||


यात्रामा भेटी छुटिने तर नमेटिने तृप्ति तत् हुन्

यदि एउटै आकाशमुनिको त्यो धर्ति टेकिने भए||

Comments

Popular posts from this blog

"झोला" - शम्भु "बाछाना" राई

Every probability hardly seems possible at commencement, but nothing is mpossible at all

"साकेला गित"..... ""हतुवागढि साकेला थान """ ------शम्भुु राई "बाछाना"