मरुभुमीका शेरहरु- १.१



वर्षौं भयो पसिनाको खेतिमा यो ज्यान रमाएको

सबले सोध्ने सवाल झण्डावाल झैं खै कमाएको?


दिन गलेर रातसंगै ढल्केको यो जवानीले किन्तु

कसरी भुलोस् मरुभुमीमा "साइँली" गित गाएको


जीवनका अनगिन्ती घुम्ती मोडहरु थपिंदै जाँदा

सम्झिन्छु केवल उनकै लागि लेकबेशी धाएको


मरिलानु के छ र जिन्दगी बाचुन्जेली हाँसेको राम्रो

कोख आमाको, काँध अरुको धक्कु किन लाएको?


----शम्भु "बाछाना" राई

Comments

Popular posts from this blog

"झोला" - शम्भु "बाछाना" राई

Every probability hardly seems possible at commencement, but nothing is mpossible at all

"साकेला गित"..... ""हतुवागढि साकेला थान """ ------शम्भुु राई "बाछाना"