गजल- "कोरोनास्त्र"


रसाएका आखाँमा अब आशुका ढिक्का  नझरेे हुन्थ्यो ||
गाऊ,बस्ती र शहरमा कुनै खोटो सिक्का नपरेे हुन्थ्यो ||

वाला-वृद्ध सबै, अमिर-फकिर को के कुरा यहाँ
संकटका वादल वर्षिदा, पानिका फोका नहराए हुन्थ्यो ||

सन्नाटामा आधि,बेरी र तुफानको बेग भए पनि
प्रार्थना गर्ने यी ओठहरुका आवाज फिक्का नरहे हुन्थ्यो||

लिला तिम्रै हो, सृष्टि र विनाश तिम्रै अधिकार
बस! मानव अस्तित्व मेटाउने कोरोनास्त्र झोका नबनेे हुन्थ्यो||

-शम्भु बाछाना राई 

Comments

  1. कवि को कविता मार्मिक छ

    ReplyDelete

Post a Comment

Popular posts from this blog

"झोला" - शम्भु "बाछाना" राई

लोक कथा -भाग १

A Sonnet by Shambhu Rai "Golden Age"