हतुवागढी साकेला थान, पुर्खालाई सम्झेर  (पुर्खालाई सम्झेर!)  "साकेला सिली नाचौन सिम्मा" माङ्गखिमलाई पुजेर  (लै,,,,लै माङ्गखिमलाई पुजेर!)   बैशाख लाग्यो, उभौली आयो, लेकवेशी गरेर  (लेकवेशी गरेर!)  सिम्मालाई सम्झि परदेशी आयो, समुद्र तरेर  (लै,,,लेै समुन्द्र तरेर!)   सप्त...है...कोशी हतुवामुनी, सलल बगेर  (सलल बगेर)!  उधौली मान्न जाऊ है सिम्मा , हतुवा-हसनपुर  (लै,,,लै,,,,हतुवा-हसनपुर!)   मुस्ताङ्ग चण्डि, हैखाराङ्ग पारि, साकेला नाचेर  (साकेला नाचेर!)  पारुहाङ्ग-सुम्नि सेवाने गरि, बाँचौला हासेर  (लै....लै...बाँचौला हासेर!)   हतुवागढी साकेला थान, पुर्खालाई सम्झेर  (पुर्खालाई सम्झेर!)  "साकेला सिली नाचौन सिम्मा" माङ्गखिमलाई पुजेर  (लै,,,,लै माङ्गखिमलाई पुजेर!)   ==================================  २०२० मे-३१, अलऐन युएई  
 
कवि को कविता मार्मिक छ
ReplyDelete