Posts

Welcome to My Official Blog

"झोला" - शम्भु "बाछाना" राई

आज फेरी जहाजमा एक हुल मान्छेहरु कफन बाकस जत्रो सपनाको त्यान्द्रो लिएर झोलाभित्र राखेको कात्रो जस्तो  सेतो रुमालले गहभरीका आशु पुछ्दै  बिदाईका हातहरु हल्लाउँदै उडे।  अर्को हुल नारायणी किनार, भृकुटी मण्डव हुँदै शहरका ठुला पार्टी प्यालेसहरुमा  ब्यस्त थिए। यी दुई हुलको बिचको समानता  त्यही एउटा झोला_र_झण्डा थियो, फरक यत्ति कि! जहाजमा चढेका हुलको झोलामा समाजबाद, जनबाद, साम्यबाद  आदी बादका खोक्रा नाराहरु थिएनन् फगत स्वाभीमानले  भरिएको राष्ट्रको झण्डा, एक मुठ्ठी देशको माटो र, आमाको एक तास फोटो थियो....! शम्भु "बाछाना" राई (हतुवागढी-९, भोजपुर, हाल: मध्य पुर्व)

An Apple of My Eye (A sonnet-dedicated to my daughter)-

Beholding at an apple of my eye in the garden Past through three wonderful "Call it springs"  I as a gardener whirlwind to rejuvenate once again Simultaneously counting on "What it brings". A sweet fragrance or a mesmerizing outlook That somehow turn every beholder to be a fan In reach by your beautiful heart and ideal hook By being who you"re and doing the best you can. Whenever I put myself on your shoes and see I feel sorry for not being by your side in need Where at times you din't have my hands hold thee Although you've walked better and so much far ahead. You are born free to fly high, be where you'd love to be in Hence you break, you then dare make it within... ----Shambhu Rai "Bachhana"

मरुभुमीका शेरहरु- १.१

वर्षौं भयो पसिनाको खेतिमा यो ज्यान रमाएको सबले सोध्ने सवाल झण्डावाल झैं खै कमाएको? दिन गलेर रातसंगै ढल्केको यो जवानीले किन्तु कसरी भुलोस् मरुभुमीमा "साइँली" गित गाएको जीवनका अनगिन्ती घुम्ती मोडहरु थपिंदै जाँदा सम्झिन्छु केवल उनकै लागि लेकबेशी धाएको मरिलानु के छ र जिन्दगी बाचुन्जेली हाँसेको राम्रो कोख आमाको, काँध अरुको धक्कु किन लाएको? ----शम्भु "बाछाना" राई

गजल- "यात्रामा"

पिएर मुलको पानी अतृप्त प्यास मेटिने भए काँडा बिचमा फूलैफूलको मौसम भेटिने भए|| नसुक्ने मुहान खोजेर काँडैकाँडा रोपिन्थ्यो विश्वास मैले गरे जस्तै तिम्रो भरोसा देखिने भए|| फाटेको खुशी यो मनले कसरी सिउनु र खै! डिजे पबमा लोकभाकाको सारंगी रेटिने भए|| यात्रामा भेटी छुटिने तर नमेटिने तृप्ति तत् हुन् यदि एउटै आकाशमुनिको त्यो धर्ति टेकिने भए||

कविता: "सपनाका छालहरु" ------------शम्भु "बाछाना" राई

सपनाका छालहरु बगिरहेको बेला म बन्दरगाहको एउटा कुनाबाट नियाल्दै थिएँ एउटै बेगमा बगिरहेका ती छालहरु रोकिएका थिएनन् छल्किएर कहिले माथिमाथी पुग्न खोज्थ्यो कहिले भुमरीमा परेर घुम्न खोज्थ्यो त्यो छाल, छल्को र भुमरीभित्र सपनाहरु खेलिरहेका थिए अचानक! छालले बगाएर सुख्खा किनारामा पारिदिंदा मरुभुमीको खडेरीले काकाकुल बनाएको नि देखें छल्कोले बेस्सरी छल्काउँदा भुमरीले फनफनी घुमाउँदा दिशा बिहिन यात्रा नि तय गरें तर पाइलाहरु अगाडी बढिरहे किनकि सबेर फर्किनु थियो क्षितिज पारी पुगेर  छिचोल्दै आरोह-अवरोहका हण्डरलाई सहेर बेहिसाब थिए कत्ति टकरावपछिको प्रहार त्यो बन्दरगहा त्यही हो, जहाँ हजारौं सपनाहरु बगिसकेका छन् अझ म जस्तै धेरै यात्रीहरु यात्रामै छन् गन्तव्यमा पुग्ने सबैको सपना हुँदो रहेछ अनि त्यहाँ पुगेर फर्किनु अर्को सपना रहेछ कत्ति यात्रीहरु छुटेर अर्कै लोक बसाउन पुगे सायद रमाईलो संसार पाएर होला यो धर्तिलाई नै भुले एक त्यान्द्रो सपनाको भरिया जसोतसो हिडिरहेको म टक्क एकछिन उभिएर सोंचे अनि आफैलाई सोधें! के अझेै माटोले मलाई सम्झेकै होला? बाटोले नि विर्सेको छैन होला कन्चन निर्मल बग्ने त्यो ख्यैंवा खोला भीर,

कविता- बिसाउन नसकेको एउटा झोला! By शम्भु बाछाना राई

उसंग नि छ  उनी संग नि रै"छ दिवा-दिमाको पालादेखी बोक्दै आएको आज सम्म पनि विसाउन नसकेको एउटा झोला! पुरानो भइसक्यो, कुहिएर गन्हाउन लागीसक्यो खकन पनि खिया परिसक्यो उसले सगर्व रोटीका लागि बोकेको भन्छ उनको कुरा झन् बेग्लै भोलीका लागि बोकेको भन्छ दिनभरी चर्का स्वर अनि ठुला आवाजहरुले गोडमेल गर्छ टपक्क टिप्छ खानालाई त्यो जे माथिबाट झर्छ चलेकै छ यसरी नै गाजो टर्छ  भन्दै झन खुलेआम अघि सर्छ न "उ" न त "उनी" विसाउन मान्छ उनको युवा जोश यत्तिकै हराउँदै जान्छ शिथिल शरिर, पेण्डुलम घडि झैं चल्ने जिवनको सुइरो न यता न उता सार्न मिल्ने बेलामा, सायद यिनले पनि आफैलाई सोध्छन् होला खास, किन बिसाइएन त्यो झोला? यदि विसाइएको भए के हुन्थ्यो होला? कास, यी प्रश्नहरु "उ र उनी" दुबैले सोधेका थिए भने, आफैले चाहेजस्तो सबैले बोक्न मिल्ने सबैलाई अपनत्व महसुस गराउने उसको, उनको र सबैको सामान अटाउने  फुलबुट्टे झोला बन्थ्यो होला अनि पुरानो त्यो थोत्रो झोला रिसाइकल हुनेसम्मको उपयोग र बाकी कवाडीमा हुन्थ्यो होला!

बान्तवा छाम (बान्तवा भाषाको गित) - "मित्नाङना खाना..."

  मित्नांङ्ना खाना कोङ्डाङ्का मो हक बानयाङ् हुरुरु बाड्ढेङा लिसा मान्तुुुुप्माङ् ओ खाप्मा सन् बुरुरु उभौली खारा कि उधौली आन्को खिम्ककोङ्दा तादिसा ओ झाराक चि: मता देकीना खाना मान्तलादिसा मो? बाराओ बुङ्वा धाखारा चिया: ताखालाम् चोप्याङ्सा हुङ्नाङ्ना ओ बाड्ढे दोङ लिसा: सुप्तुलुङ रात्याङ्सा पारुहाङ र सुम्निमा ह्वात्नि जुगौंजुग युङ्चिने  लोक्याङसा सेवा दुखा र सुखा कोङ्-कोङ्दा हाचिने शम्भु राई "बाछाना" २८ अक्टोबर २०२०