Posts

Showing posts from July, 2018

लोक कथा -भाग १

Image
एकाबिहानै उडेर गएको चरी , खोज्दै जान्छ चारो बचेरालाई त्यो पल्लो डाँडा पारी, निरन्तरको प्रयास , लगन, मेहनत र प्रयास यहि गर्छन्, किनकि उनले जसरि पनि चारो ल्याउनु पर्ने लक्ष्य राखेका हुन्छन्। थाहा छैन त्यो चरीलाई कस्तो विपत्ति आइपर्ने हो, विहानको झुल्के घाममा निस्केका उनले कत्ति कोस पर तर्नु पर्ने हो, कत्ति बेशि झर्नु पर्ने हो। सायद तिर्खा लागेर होला चरी पानिको खोजिमा तड्पिरहेको छ, यता गुँड्मा उस्तै बचेरा पनि भोकले छटपटिरहेको छ। चरी सहि सलामत फर्केर आए, ढुक्कले सुत्थे होलान् बचेरा पनि पेटभरि खान पाए। बल्लतल्ल फर्केर आयो, चरिले ठुलो खुशी बोकेर ल्यायो, आजलाई टर्यो, भोलिको चिन्ताले छोडेन, चरिलाई रातको निन्द्रा लागेन, वेचैन पिरैपिरले सुत्न सकेन। यत्तिकैमा अर्को विहानिको मिर्मिरेमा घाम उदायो, गुँडको अवस्था हेरेर टोलायो, फेरी उहीँ कथा दोहिरियो, सदाझैं चरि उड्न लाग्यो। यसपालि अलिक धेरै दिनको लागि ल्याउने कोशिसमा उडे, अपरिचित गाउँमा धेरै ठुलो फल पाइने आसमा उडे, जब त्याहाँ पुगे चरीलाई बेचैनी भो किनकि उनी धेरै टाढाको गाऊमा आइसकेका थिए आज फर्केर जान सम्भव थिएन, आजै गुँडमा बचेको खाना पनि थि

भाकेको छु तिम्रो कसम..... 9 September 2013 at 01:48

~~~~~~~गीत~~~~~~~~ भाकेको छु देऊरालीमा तिम्रो कसम टुटा तारा देखेपछि डाकेको छु जुनेलीमा तिम्रो कसम तिम्लाई सारा देखेपछि धेरै भीड छामी हेरेँ हजारौँमा रोज्न पुगेँ धेरै छिँड थामी हेरेँ सम्बन्ध म जोड्न पुगेँ साँचेको छु जीन्दगीमा तिम्रो कसम सपनाहरु तिम्रै साथ सहारा देखेपछि डाकेको छु जुनेलीमा तिम्रो कसम तिम्लाई सारा देखेपछि अमर प्रीत गाँसी देउन प्रेमको निशा छर्दै छर्दै मनको मीत गाँसी देउन चारै दिशा तर्दै तर्दै पालेको छु एकलोपनमा तिम्रो कसम रहरहरु तिमीसंगै पार गर्ने देखेपछि डाकेको छु जुनेलीमा तिम्रो कसम तिम्लाई सारा देखेपछि भाकेको छु देऊरालीमा तिम्रो कसम टुटा तारा देखेपछि डाकेको छु जुनेलीमा तिम्रो कसम तिम्लाई सारा देखेपछि -शंम्भु राई 

-गीति गजल...

गीति गजल...  ------------------------------   जस्ले भोगिन्छ जे बोलिन्छ उहि..  अर्थ यो जिन्दगिको आँखिर खोलिन्छ उहि...  बिवशतामा बाँच्छन् कोहि...  सम्झौतामा बाँच्छन् कोहि...  एकै आकाश एकै धर्ती...  भयो त केबल फरक यो जिन्दगीको गति... छोए आगो पोल्छ उहि.. अर्थ यो जिन्दगिको आँखिर खोलिन्छ उहि... काँडै तिखा सुन्दर ती गुलाव फूलका... भलै तिता आधार ती गरिएका भुलका... काँडा बिचको फूल हो यो जीवन... एकैनाश अर्थ्याइएको भुल हो यो जीवन... रोए आँशु सुक्छ उहि... अर्थ यो जिन्दगिको आँखिर खोलिन्छ उहि... फूलेर नि ओइलिने हो... उदाएर अस्ताउने हो... मरिलानु के पो छ र... बाचुञ्जेल माया लाउनु छ तर... लाए माया अमर उहि... अर्थ यो जिन्दगिको आँखिर खोलिन्छ उहि... जस्ले भोगिन्छ जे बोलिन्छ उहि.. अर्थ यो जिन्दगिको आँखिर खोलिन्छ उहि... ------------------------------ ~शम्भु राई

~गजल~

~~~~~~~गजल~~~~~~~~~  प्यास के हो भोक नै भुलेको छु।  आज मैले सबै थोक भुलेको छु।।  फुर्सद छैन दशनङ्ग्रा खिएर  रोबर्ट भएँ म त मानव जिवन भुलेको छु।।  बाध्यताले पर्देश मलाई प्यारो भयो। आफ्नै घर अनि जन्मथलो भुलेको छु।। दिन गल्छ-ढल्छ महिना पनि बित्छ वर्षौँ भयो जन्म दिन नै भुलेको छु।। थाहा छैन कहाँसम्म पुगिने हो। आफ्नो गन्तब्य नै भुलेको छु।। ~~~~~~~~~~~~~~~~~~~~ -शम्भु राई 
प्रण मेरो     कोशौं यात्रा अश्रु भेलमा कैयौं चोटी तरेको छु।  आत्तिएको छैन म त भर तिम्रै परेको छु ।।  एकलै-एकलै तिम्रो नामको दियो बालि  कालो-कालो औंसी रातमा चाँदमुहार छरेको छु।।  दिलको ढोका खोलिदेऊ है तिम्रै निम्ती बाँच्ने प्रण गरेको छु ।। युगौं-युग संगै जिउने कसम खाईकन तिम्रो खालि सिउँदो मेरै हातले भरेको छु।। दुइटा मुटु एउटै धड्कन धड्कीनेछ, छामी हेर'आजै,धेरै भयो तिम्रै दिलमा सरेको छु।। कोशौं यात्रा अश्रु भेलमा कैयौं चोटी तरेको छु। आत्तिएको छैन म त भर तिम्रै परेको छु ।। -शम्भु बाछाना ~~~~~~~~~~~~~~~~~~~~

समुद्र पारिको वस्तिमा हराएको सांकेन र उनका सपना...

Image
[•] बार्ह बजेको टनटलापुर घामको राप थियो, चाउरि परेको मलिन अनुहारमा, हाँस्न खोज्दा लुकाउन नसकेका दुख र पीडा भाव झल्किन्थ्यो, उनका मुस्कानमा। सांकेनको आधा कपाल फुलिसके, बाध्यताले प्रदेश प्यारो हुँदा लगभग घरदेशका धेरै कुरा भुलिसके, आज भोक के हो, प्यास नै भुलिसके, रोबर्टको जिन्दगि जिउदा सबैथोक भुलिसके।  ठिङ्ग उभिएर आफ्नै छाया हेरेर सोच्छन् – मेरो उमेर पनि ढल्दै गयो, शरिर पनि गल्दै गयो, तर सपना अधुरै रह्यो। आधा जन्मदिन घरदेशमा, वाकि प्रदेशमा मनाइयो खै के पाइयो! दुरदराजबाट आवाज सुनेर सामिप्यमा बसें, स्नाप चाट, स्काइप, फेसबुक, भाइवर आदिको लतमा फसें, एउटा जन्जिरले बाधिएको म, तस्बिर हेरि आफ्नासंग भिडियोकलमा गुन्जायस गरि जिएको म, एउटा सपना बोकेर प्रदेश हिडेको म, अब कहिले पूरा नहुने भो, हाल घरदेश फर्किने सपना मात्र बोकेर आफ्ना अन्तिम दिन कुरिरहेको म। दैव पनि हुदो रहेछ पक्षपाति, सधैं सत्कर्मको पछि लागे आफैलाई नढाटी! किन आफैलाई मात्र बज्रपात भइदिन्छ, आफ्नो दुख पहाड भइदिदा लाग्दो रहेछ सार्है नजाती! बन्द जेलको कालो कोठरीमा ननिभेको आशाको सानो दियो बालेर बसेको छु,कतै निष्ठुरी हावाको बेग

मेरी #उनी लाई... मेरो र उनको विशेष महिना )💕🎁💕

Image
मेरी उनी.... कहाँ बाट सुरु गरौं? खै कसरी सुरु गरौँ? हरेक क्षण यादगार छन् कल्पनामा डुबिएर झन्-झन् फ्लास्ब्याकमा हराऊँदैछु फेरी त्यहि बगैंचामा बस्ति बसाउँदैछु जहाँ म हाँसेर फूल्न सकें जिन्दगिको सहयात्रामा सबै पीडा भुल्न सकें पहिलो भेट भाको हाम्रो यहि बेला सम्झिरहेछु पिण्डेश्वरको बोलबम मेला टिप टिप् वर्षा रुझाउने त्यो साउनको झरी- मानस्पटल भरी, आज त्यहि घरिघरी बदलियो समय, ढल्कियो जवानी बदलियो शहर, फेरियो मुहार पनि तर बदलिएन त्यो वर-पिपलको छायाँ जहाँ हामिले कसम खाई साटेका थ्यौं अजम्बरी माया चढाँउदै फूलका गुच्छा भाकेर मिल्छ भने पुज्दै भगवानलाई मागेर मिल्छ भने हाँसिरहने वर-पिपल संगै रहिरहोस् जन्मौजन्म अजम्बरी नाता हाम्रो, कायम रहोस् जन्मौजन्म आत्मिय साथ हाम्रो एक-अर्कालाई, लाखौ जन्म-जन्म॥ ...... तिम्रो हरेक पाईलामा म साथ हुनेछु। 

Happy New Year 2018...

Image
The Wham of the Gone(A Blast from the Past) in the year 2017... And My Few words on New Year 2018's Alpha... Family photo:- Pashupati temple katmandu I've received and been recieving lotta wonderful warm wishes of New year. It"s my massive pleasure to wish you back dear folks. I feel proud enough to be sorrounded by such wonderful hearts and minds. With a high aspiration, here is the fever of new year and the year 2018 is to be welcomed as we shut all the doors down for the year 2017 right at midnight 31st of December tonight and let all those beautiful flashbacks be in our historic life-notebook. There has been a number of happenstances, might take place throughout the year however everyday is not counted but memories are the reason why we can't forget some significant momentum. Everyone has individual way of living life and so is the experience. Literally, what I believe in life is, there at times, should be celebrations as if we have the only day to liv