Posts

"झोला" - शम्भु "बाछाना" राई

आज फेरी जहाजमा एक हुल मान्छेहरु कफन बाकस जत्रो सपनाको त्यान्द्रो लिएर झोलाभित्र राखेको कात्रो जस्तो  सेतो रुमालले गहभरीका आशु पुछ्दै  बिदाईका हातहरु हल्लाउँदै उडे।  अर्को हुल नारायणी किनार, भृकुटी मण्डव हुँदै शहरका ठुला पार्टी प्यालेसहरुमा  ब्यस्त थिए। यी दुई हुलको बिचको समानता  त्यही एउटा झोला_र_झण्डा थियो, फरक यत्ति कि! जहाजमा चढेका हुलको झोलामा समाजबाद, जनबाद, साम्यबाद  आदी बादका खोक्रा नाराहरु थिएनन् फगत स्वाभीमानले  भरिएको राष्ट्रको झण्डा, एक मुठ्ठी देशको माटो र, आमाको एक तास फोटो थियो....! शम्भु "बाछाना" राई (हतुवागढी-९, भोजपुर, हाल: मध्य पुर्व)

An Apple of My Eye (A sonnet-dedicated to my daughter)-

Beholding at an apple of my eye in the garden Past through three wonderful "Call it springs"  I as a gardener whirlwind to rejuvenate once again Simultaneously counting on "What it brings". A sweet fragrance or a mesmerizing outlook That somehow turn every beholder to be a fan In reach by your beautiful heart and ideal hook By being who you"re and doing the best you can. Whenever I put myself on your shoes and see I feel sorry for not being by your side in need Where at times you din't have my hands hold thee Although you've walked better and so much far ahead. You are born free to fly high, be where you'd love to be in Hence you break, you then dare make it within... ----Shambhu Rai "Bachhana"

मरुभुमीका शेरहरु- १.१

वर्षौं भयो पसिनाको खेतिमा यो ज्यान रमाएको सबले सोध्ने सवाल झण्डावाल झैं खै कमाएको? दिन गलेर रातसंगै ढल्केको यो जवानीले किन्तु कसरी भुलोस् मरुभुमीमा "साइँली" गित गाएको जीवनका अनगिन्ती घुम्ती मोडहरु थपिंदै जाँदा सम्झिन्छु केवल उनकै लागि लेकबेशी धाएको मरिलानु के छ र जिन्दगी बाचुन्जेली हाँसेको राम्रो कोख आमाको, काँध अरुको धक्कु किन लाएको? ----शम्भु "बाछाना" राई

गजल- "यात्रामा"

पिएर मुलको पानी अतृप्त प्यास मेटिने भए काँडा बिचमा फूलैफूलको मौसम भेटिने भए|| नसुक्ने मुहान खोजेर काँडैकाँडा रोपिन्थ्यो विश्वास मैले गरे जस्तै तिम्रो भरोसा देखिने भए|| फाटेको खुशी यो मनले कसरी सिउनु र खै! डिजे पबमा लोकभाकाको सारंगी रेटिने भए|| यात्रामा भेटी छुटिने तर नमेटिने तृप्ति तत् हुन् यदि एउटै आकाशमुनिको त्यो धर्ति टेकिने भए||

कविता: "सपनाका छालहरु" ------------शम्भु "बाछाना" राई

सपनाका छालहरु बगिरहेको बेला म बन्दरगाहको एउटा कुनाबाट नियाल्दै थिएँ एउटै बेगमा बगिरहेका ती छालहरु रोकिएका थिएनन् छल्किएर कहिले माथिमाथी पुग्न खोज्थ्यो कहिले भुमरीमा परेर घुम्न खोज्थ्यो त्यो छाल, छल्को र भुमरीभित्र सपनाहरु खेलिरहेका थिए अचानक! छालले बगाएर सुख्खा किनारामा पारिदिंदा मरुभुमीको खडेरीले काकाकुल बनाएको नि देखें छल्कोले बेस्सरी छल्काउँदा भुमरीले फनफनी घुमाउँदा दिशा बिहिन यात्रा नि तय गरें तर पाइलाहरु अगाडी बढिरहे किनकि सबेर फर्किनु थियो क्षितिज पारी पुगेर  छिचोल्दै आरोह-अवरोहका हण्डरलाई सहेर बेहिसाब थिए कत्ति टकरावपछिको प्रहार त्यो बन्दरगहा त्यही हो, जहाँ हजारौं सपनाहरु बगिसकेका छन् अझ म जस्तै धेरै यात्रीहरु यात्रामै छन् गन्तव्यमा पुग्ने सबैको सपना हुँदो रहेछ अनि त्यहाँ पुगेर फर्किनु अर्को सपना रहेछ कत्ति यात्रीहरु छुटेर अर्कै लोक बसाउन पुगे सायद रमाईलो संसार पाएर होला यो धर्तिलाई नै भुले एक त्यान्द्रो सपनाको भरिया जसोतसो हिडिरहेको म टक्क एकछिन उभिएर सोंचे अनि आफैलाई सोधें! के अझेै माटोले मलाई सम्झेकै होला? बाटोले नि विर्सेको छैन होला कन्चन निर्मल बग्ने त्यो ख्यैंवा खोला भ...

कविता- बिसाउन नसकेको एउटा झोला! By शम्भु बाछाना राई

उसंग नि छ  उनी संग नि रै"छ दिवा-दिमाको पालादेखी बोक्दै आएको आज सम्म पनि विसाउन नसकेको एउटा झोला! पुरानो भइसक्यो, कुहिएर गन्हाउन लागीसक्यो खकन पनि खिया परिसक्यो उसले सगर्व रोटीका लागि बोकेको भन्छ उनको कुरा झन् बेग्लै भोलीका लागि बोकेको भन्छ दिनभरी चर्का स्वर अनि ठुला आवाजहरुले गोडमेल गर्छ टपक्क टिप्छ खानालाई त्यो जे माथिबाट झर्छ चलेकै छ यसरी नै गाजो टर्छ  भन्दै झन खुलेआम अघि सर्छ न "उ" न त "उनी" विसाउन मान्छ उनको युवा जोश यत्तिकै हराउँदै जान्छ शिथिल शरिर, पेण्डुलम घडि झैं चल्ने जिवनको सुइरो न यता न उता सार्न मिल्ने बेलामा, सायद यिनले पनि आफैलाई सोध्छन् होला खास, किन बिसाइएन त्यो झोला? यदि विसाइएको भए के हुन्थ्यो होला? कास, यी प्रश्नहरु "उ र उनी" दुबैले सोधेका थिए भने, आफैले चाहेजस्तो सबैले बोक्न मिल्ने सबैलाई अपनत्व महसुस गराउने उसको, उनको र सबैको सामान अटाउने  फुलबुट्टे झोला बन्थ्यो होला अनि पुरानो त्यो थोत्रो झोला रिसाइकल हुनेसम्मको उपयोग र बाकी कवाडीमा हुन्थ्यो होला!

बान्तवा छाम (बान्तवा भाषाको गित) - "मित्नाङना खाना..."

  मित्नांङ्ना खाना कोङ्डाङ्का मो हक बानयाङ् हुरुरु बाड्ढेङा लिसा मान्तुुुुप्माङ् ओ खाप्मा सन् बुरुरु उभौली खारा कि उधौली आन्को खिम्ककोङ्दा तादिसा ओ झाराक चि: मता देकीना खाना मान्तलादिसा मो? बाराओ बुङ्वा धाखारा चिया: ताखालाम् चोप्याङ्सा हुङ्नाङ्ना ओ बाड्ढे दोङ लिसा: सुप्तुलुङ रात्याङ्सा पारुहाङ र सुम्निमा ह्वात्नि जुगौंजुग युङ्चिने  लोक्याङसा सेवा दुखा र सुखा कोङ्-कोङ्दा हाचिने शम्भु राई "बाछाना" २८ अक्टोबर २०२०

बान्तवा भाषाको कविता " अंका इमा मारङाङ्"

 अंका इमा मारङाङ् अंका कोङ्डाङ्का छाप्मा मान्छोङाङ सुन्तुम् माखारा ओ बेला मामायङ् छाङ माखारा खाना रिदुम पादुम चि अलेनङ नि तचेप मुद्दुम दा दि याक नि तचेप? फेरी खाना बड्ढे खिप्टाङ नि तचेप बड्ढे लेसुङ-सिन्टुङ ओ नि छाङ तचेप खोनकी बड्ढे तलेसु नालो खै दि तलेसु? बड्ढे तखिप्टु नालो खेै दि तखिप्टु? बड्ढे तसिन्टु नालो खै दि तसिन्टु? आम यङ्खान तलेनान! आम चिखिम तसिन्नान्!  माङ्खिम तरात्नान् ! दिवा-दिमा चि मखाप्याङ ओ तखाङनान्! ३२ पुस्ता किरावा हाङ् चि साङ् नि ओ तलाम्नान आप्पि तलेनान् काले-कासिन्लाई छाङ तसेन्नान् हानचेप दिओ?  उधौली दिओ? उभौली दिओ? मुद्दुम दिओ?  खै तलामु ओ खाना? खै तसिन्टु ओ खाना? खोन्की तसेनु होला ओ हानचेप लेसुम सिन्टुमकि डि लिओ? आमकोङ तुक्नालो तुक्ने सारिभोम् दात्नालो दात्ने तर अंका अकटाट दुम लोना ने मोको दुम एनु, सिन्टु, छाप्टु, हान्टु अनि राट्टु खाना साङ् ओ नि सिन्टु! आम सुन्तुम राट्टु मामायङ हान्टु देकिनालो! चायाङ दिमा दिवा चीआ मप ओ यङ रे मो खोचि मात्दाङ ओ उन्दे खाडाङ्का तलिसा खाना मो? खोचि ओ डिएनए खाना हे माआङ मो? खाना पानिवाङ यङ तले खाना अंग्रेजी यङ् छाङ् तल...

"प्रेम" [लेखन- शम्भु राई "बाछाना"]

जीवन एउटा घामछायाँ हो हाँसो-रोदनलाई भोग्नु छ मरेर जाने चोला हो जिवन सके एकछिनलाई रोक्नु छ साँझ ढले पलभरमा विहानीलाई खोज्नु छ मन मिले जिवन साथी तिमिलाई रोज्नु छ टाढा नजाऊ जिवनमा दुइ पलको खुशी साट्नु छ एउटै कदम चालेर संगै सानो संसार बाँड्नु छ मायाको भारी मिलेर आधा-आधा बोक्नु छ तिम्रो लागि यो साँझलाई यहिं रोक्नु छ

गजल- ल अफ कर्मा [ शम्भु राई "बाछाना"]

हाँसो छर्नेले दु:खको भारी बोक्नु पर्छ खुशी भर्नेले रोदनको झरी रोक्नु पर्छ कहिले वादल मडारिंदा हेन्खामा तरंगिदा केही गर्नेले दु:ख-सु:ख, हाँसो-रोदन बराबरी भोग्नु पर्छ पछाडि हच्केर किन रोक्छौ त्यो कदमलाई! खोला तर्नेले नसोध्नु किन, डुङ्गाको मोल कसैगरी तोक्नु पर्छ ! ल अफ् कर्माले जिवनको सहि मोड दिंदा नसुन्ने तल झर्नेले असन्तोषको शैय्यामा गहपारी जिव्रो टोक्नु पर्छ!

Flashback in the Arabian Harbour [poem by Shambhu Rai "Bachhana"]

It's been ages, the diary remains unturned along with unread stories Wherein, jotted down a full of sweet memories A dream to be, an ambition to be The burning hobbies, an arena of interests to be Overall sketch of how a purposeful life to be And so on... Whenever a night invites the waves of sea and the flow of tides I visualise my dream floating like a boat just set off for a voyage for miles Right now! The rolling ark  has just arrived in the Arabian harbour Where thousands of souls cruise and venture Therein i'm  trying to  unfold my flashback adventure That brings me back to a golden memorylane The point where my journey is now and then... I know time flies like an arrow "Then" is no more, all I have to live is a mere now I wish I'd hear the chirping of the birds Somehow I'd breath in fresh air from ficus trees    Unfortunately here is just a horror hale and a salty beach However! I'd say further It's been a wonderful journey so far I don't mi...

हाम्रो प्रेम कहानी...

हाम्रो प्रेम! माया गर्नेहरुको कहानी बनोस् मिर्मिरेमा सुनौलो किरण छर्ने विहानी बनोस् बाचा - कसम सिसा झैं कहिल्यै नटुटोस् जुनिजुनि लाई ला"को माया पलभरमै नछुटोस् चाहना एउटै मेरो पाउनु छ तिमिलाई हाम्रो प्रेम गित सुनाउनु छ धेरै-धेरैलाई फूल्न देऊ  मनको बगैंचामा संधै भरिलाई छेकेर वादल रोकिदेऊ दर्केर आउने झरिलाई जहाँ प्रेमको आभास आशुुुुुले नभिज्ने सिरानी बनोस् यस्तो होस् कि! डाह गर्नेले झन् आह! भनोस् -शम्भु राई "बाछाना"

"""""""रातो बाकस""""""""

Image
--- लेकवेशी धाउँदा-धाउँदै कतै चोट पर्यो की! विरहमा गाउँदा-गाउँदै न्याँउली झेैं रोयौ की! फर्कि आउने दिन गन्थ्योेै छिट्टै आउनु घर भन्थ्योै दैवको यो लिला फेेेेेरी भेट होला कि नहोला! संगालेर यादहरु पटुकीमा बाध्यौ होला! बगाएर साउने झरी आफुु मात्र रुझ्यौ होला! नफर्किने परदेशीको सम्झनाले पोल्यो कि! मुर्छा पर्दै विरानीको रात्तो बाकस खोल्यो की! अगस्ट-१ तारिख, २०२० शम्भु "बाछाना" राई

गीत- "मेरी उनी"........शम्भु राई "बाछाना"

Image
खुला आकाशमा रमाउने चरी जस्ती मेरी उनी सपनीमा आउने परी जस्ती धेरै भयो नदेखेको,यादहरुले पिरलेको छट्पटीमा दिन-रातहरु ढल्दै गा"को उड्ने रहर रानीबनकी चरी जस्ती मेरी उनी सपनीमा आउने परी जस्ती... मुटुभरी चोखो माया, उनकै तस्वीर कोरिएछ बदलिएन चोखो माया, मौसम केही फेरिएछ हिउँदमा वेशी झर्ने स्वर्ग लोककी चरी जस्ती मेरी उनी सपनीमा आउने परी जस्ती... सम्झना छ मेरो हिजो, मेरो आज...उनकै लागी मेरो भोली थाहा छैन! केवल चोखो माया उनकै लागी लामो सफरमा उडेकी चखेवा त्यो चरी जस्ती मेरी उनी सपनीमा आउने परी जस्ती... खुला आकाशमा रमाउने चरी जस्ती मेरी उनी सपनीमा आउने परी जस्ती ------शब्द-: शम्भु राई "बाछाना"                     हाल:- युएई

गजल- "संवेग" - शम्भु राई"बाछाना"

Image
लेखेर कहानी यादहरुमा जिउनु पर्दो रहेछ भाग्य फाटे लकिरहरु सिउनु पर्दो रहेछ। हाँसो र रोदनको संगम एक यात्रा हो  जीवन, संवेगमा बगेका कत्ति आशुु त पिउनु पर्दो रहेछ। आरोह र अवरोह अन्गिन्ति, कत्ति छन् कत्ति! साँचो भन्दा वनावटी खुशीमा रमाउनु पर्दो रहेछ। दैवको खेल, उसैको झेल एक दिन अन्त्य हुन्छ त्यो कहानी अधुरै जिउनु पर्दो रहेछ।

"साकेला गित"..... ""हतुवागढि साकेला थान """ ------शम्भुु राई "बाछाना"

Image
हतुवागढी साकेला थान, पुर्खालाई सम्झेर (पुर्खालाई सम्झेर!) "साकेला सिली नाचौन सिम्मा" माङ्गखिमलाई पुजेर (लै,,,,लै माङ्गखिमलाई पुजेर!) बैशाख लाग्यो, उभौली आयो, लेकवेशी गरेर (लेकवेशी गरेर!) सिम्मालाई सम्झि परदेशी आयो, समुद्र तरेर (लै,,,लेै समुन्द्र तरेर!) सप्त...है...कोशी हतुवामुनी, सलल बगेर (सलल बगेर)! उधौली मान्न जाऊ है सिम्मा , हतुवा-हसनपुर (लै,,,लै,,,,हतुवा-हसनपुर!) मुस्ताङ्ग चण्डि, हैखाराङ्ग पारि, साकेला नाचेर (साकेला नाचेर!) पारुहाङ्ग-सुम्नि सेवाने गरि, बाँचौला हासेर (लै....लै...बाँचौला हासेर!) हतुवागढी साकेला थान, पुर्खालाई सम्झेर (पुर्खालाई सम्झेर!) "साकेला सिली नाचौन सिम्मा" माङ्गखिमलाई पुजेर (लै,,,,लै माङ्गखिमलाई पुजेर!) ================================== २०२० मे-३१, अलऐन युएई

देशभक्ति गित " हामी हौं नेपाली" ----------- शम्भु राई "बाछाना"

Image
गौरव गाथा कोर्ने वीर ,स्वाभीमानी नेपाली सगरमाथा हाम्रो शीर ,  हामी हौं नेपाली.... बगाउँला तातो रगत जत्ति जे छ न'शामा चढाउँला बली जीवन जत्ति जे छ सासमा थापौंला छाति मेरो, हिड्छु पुर्खाको बाटोमा जत्ति जे छ मेरो, मिल्नु छ आखिर यहि माटोमा चोट लागे मेचीलाई, दुख्छ महाकाली   गौरव गाथा कोर्ने वीर ,स्वाभीमानी नेपाली सगरमाथा हाम्रो  शीर , हामी हौं नेपाली... गोर्खाली हुुुुँ,इतिहास छ कालापानीको गाउने गर्छु तिनै गाथा वीरहरुको, लिपुलेक हाम्रो नेपाल, शान नेपालीको बैरी आखा नलगाउ, मान गोरखालीको चोट लागे कोशीलाई, दुख्छ कर्णाली     गौरव गाथा कोर्ने वीर ,स्वाभीमानी नेपाली सगरमाथा हाम्रो शीर, हामी हौं नेपाली... गौरव गाथा कोर्ने वीर ,स्वाभीमानी नेपाली सगरमाथा हाम्रो शीर ,  हामी हौं नेपाली... शम्भु "बाछाना" राई २८ मे २०२०

A Sonnet by Shambhu Rai "Golden Age"

Image
The foreign land, an expat and a bee struggle Firstly, language barrier, food,cloth and shelter Where everything turns bizarre and oddball Like a parrot in a cage, in the eyes of an outsider Entice of "coronization" spheres right now Where a science finds no clue of cause & effect Although the combatant souls bear arms till now With endless hope to see everything perfect Hence things are not as usual in town Thousands of souls rest in memories The entire world to opt in global lockdown And a fresh off the boat  with its stories To be written somehow in an unsettled page With the prayers to unfold another golden age.                   "Stay blessed!"

" सिम्मा" लाई शुभकामना !बलवान समय तीर झेैं चलेको पत्तै भएन...

Image
बलवान समय तीर झेैं चलेको पत्तै भएन... सानी नानी ठुली भ"कि झन् थाहै भएन.... मेरो एउटा साथी भाडाकुटि खेल्न कत्ति जाती वालापनले संगालेका यादहरु झन कत्ति माथी सानी नानी अर्कै घर सर्ने भ"कि थाहै भएन.... आपाले सुनाउने दन्त्य कथाका राजकुमारी उनी सबकी प्यारी आँखाका नानिमा बसेकी रानीबनकी चरी झैं खेलेर हुर्केकी आमाले बजाउने विनायोका धुनमा नाच्ने उनी सानी नानी कुटुम्ब लाग्ने भ"की थाहै भएन.... प्रकृति संगको प्रगाढ प्रेम, सबलाई हसाउने चन्चल स्वभाव उनका केही बचपना एक जिम्मेवार नारी बन्ने उनको चाहना मेरो खुशिमा रमाइदिने, मेरो दुखमा साथ दिने सानी नानी अर्कै कुलमा सर्ने भ"कि थाहै भएन... सामाजिक बन्धन हो यो जन्मघरलाई छोडी कर्मघर जाने रित छ यहाँ सुम्निमा र पारुहाङ्ग दायाँ रहुन्  हेन्खामा  छिन् जहाँ नाता रगतको रक्षक माइति,कसम रक्षा-बन्धन को हो यो सानी नानी सात गाऊ/खोली तर्ने भ"कि थाहै भएन... नानी तिमिलाई, हाम्रो सुभेच्छा, आशिर्वाद, माया, सद्भाव संधै तिम्रो माथमा तिमिले हिड्ने गोरेटो,गल्ली, टेक्ने ठाऊ सहज होस् सुम्निमा-पारुहाङ्ग हमेशा तिम्रो दायाँ रहो...

गजल- "कोरोनास्त्र"

Image
रसाएका आखाँमा अब आशुका ढिक्का  नझरेे हुन्थ्यो || गाऊ,बस्ती र शहरमा कुनै खोटो सिक्का नपरेे हुन्थ्यो || वाला-वृद्ध सबै, अमिर-फकिर को के कुरा यहाँ संकटका वादल वर्षिदा, पानिका फोका नहराए हुन्थ्यो || सन्नाटामा आधि,बेरी र तुफानको बेग भए पनि प्रार्थना गर्ने यी ओठहरुका आवाज फिक्का नरहे हुन्थ्यो|| लिला तिम्रै हो, सृष्टि र विनाश तिम्रै अधिकार बस! मानव अस्तित्व मेटाउने कोरोनास्त्र झोका नबनेे हुन्थ्यो|| -शम्भु बाछाना राई